arrow

बडादशैंको सातौं दिनः कालरात्रिको पूजा आराधना, यस्तो छ महत्व

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
Dashian-ashtami.jpeg

काठमाडौं । बडादशैं अन्तर्गत सातौं दिन फूलपाती भित्र्याइन्छ । यसदिन माता कालरात्रिको पूजा गरिन्छ । कालरात्रि दुर्गाकी सातौं स्वरुप हुन् । 

यही स्वरुपले कालको पनि नाश गर्दछ । सोही कारण उनलाई कालरात्रि भनिएको हो । यिनको वर्ण अन्धकारजस्तै एकदम कालो हुन्छ । 

कपाल बिग्रिएको र माला निकै चम्किलो हुन्छ । माता कालरात्रिसँग आसुरिक शक्तिलाई विनाश गर्ने शक्ति हुन्छ । 

यिनको वाहन गधा हो । माता कालरात्रिका तीन आँखा तथा चार हात हुन्छन् । एक हातमा खड्ग र दोस्रो हातमा फलामको अस्त्र हुन्छ । तेस्रो हातमा अभय मुद्रा र थौथो हातमा वर–मुद्रा हुन्छ । 

माता कालरात्रिको आराधनाको समयमा भानु चक्र जाग्रत हुन्छ । हर प्रकारको भय नष्ट हुन्छ । जीवनको हर समस्याको समाधान क्षणभरमै गर्ने शक्ति प्राप्त हुन्छ । 

यस्तो छ मन्त्र–
वामपादोल्लसल्लोह, लताकंटकभूषणा । 
वर्धनमूर्धध्वजा कृष्णा, कालरात्रिभयंकरी ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ