arrow

युरोपमा रहेका स्याङ्जालीले गरे वालिङका पहिरो पीडितलाई आर्थिक सहयोग

logo
भरत प्रधान,
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
europe-samaj.jpg

बुटवल । स्याङ्जाका पहिरो पीडितलाई स्याङजा सहयोग समाज पोर्चुगलको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ । गत असोज ८ गते जिल्लाको वालिङ–१४, तमादीमा गएको पहिरोमा परि ज्यान गुमाएकाको परिवारलाई समाजको पहलमा संकलन गरिएको सहयोग रकम प्रदान गरिएको हो । युरोपका बिभिन्न मुलुकमा रहेका प्रवासी स्याङ्जालीहरुको सकृयतामा संकंलन गरिएको ५ लाख ४६ हजार ८ सय ६५ रुपैयां नगद रकम वालिङ नगरपालिका मार्फत् पहिरो पीडितलाई हस्तान्तरण गरिएको हो । 

सहयोग रकम वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खांण र उपप्रमुख कल्पना तिवारीले बुधबार एक कार्यक्रमका बिच संयुक्त रुपमा हस्तान्तरण गरेको समाजका उपाध्यक्ष एवं आर्थिक संकलन समितिका संयोजक अर्जुन अर्यालले जानकारी दिए । 

संकलीत रकम मध्ये मृतकका परिवार मनिषा नेपालीलाई २ लाख ९६ हजार ८ सय ६५ रुपैयां प्रदान गरिएको छ । भने पहिरोका कारण बिस्थापीत भएका सोही स्थानका ४ घरपरिवारलाई प्रति परिवार ५० हजार रुपैयांका दरले नगद रकम हस्तान्तरण गरिएको छ । यस्तै पहिरोका कारण ज्यान गुमाएका कालीगञ्डकी गाँउपालिका–४, कोल्माका मृतकका परिवारलाई ५० हजार रुपैयां प्रदान गरिएको अर्यालले बताए । 

पहिरोका कारण ठूलो धनजनको क्षति भई आपतबिपद्मा परेकालाई राहत मिलोस् भन्ने उद्धेश्यले सहयोग रकम प्रदान गरिएको उनले बताए । पहिरोका कारण घरबार बिहीन भई बिस्थापीत भएका परिवारको गांसबासको ब्यबस्थाका लागि थोरै मात्र भएपनि सहयोग पूगोस् भनेर समाजले युरोपका बिभिन्न मुलुकमा सहयोग संकलन अभियान नै सञ्चालन गरेर सहयोग गरेको हो,– संयोजक अर्यालले भने ।   

अर्यालका अनुसार पोर्चुगलबाट समाजका सल्लाहकार डोलराज भण्डारी, समाजका अध्यक्ष बिमल गौतम, महासचिव बिपिन अर्याल लगायतको पहलमा २ लाख ५० हजार रुपैयां संकलन गरिएको हो । भने बेलायतबाट दामोदर सुबेदीको पहलमा १ लाख २ हजार ६ सय रुपैयां, डेनमार्कबाट प्रकाश ढकालको पहलमा ८० हजार रुपैयां, जर्मनीबाट आकाश रिजालको पहलमा ६५ हजार ४ सय १७ रुपैयां र नर्वेबाट शालिकराम अर्यालको पहलमा ४८ हजार ८ सय ४८ रुपैयां संकलन गरिएको हो । यस्तै स्पेनमा शालिकराम डुम्रेको संयोजनमा सहयोग रकम संकलन भईरहेको समाजले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ