arrow

बयालीस संक्रमित थप

logo
प्रकाशित २०७७ कार्तिक ७ शुक्रबार
gandaki-province-pradesh.jpg

पोखरा। गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या छ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । 

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई-दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन् । संक्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ