arrow

इन्डियन प्रिमियर लिगः पहिलो पटक चेन्नई १० विकेटले पराजित, पहिलो चरणबाटै बाहिर ?

logo
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
ipl-chennai1.jpg

काठमाडौं । डिफेन्डिङ रनर अप तथा तीन पटकको च्याम्पियन चेन्नई सुपर किंगस पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको पहिलो चरणबाटै बाहिरिने लगभग पक्का भएको छ । 

युएईमा जारी १३ औं संस्करणको सारजाहमा शुक्रबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन्स मुम्बई इन्डियन्ससँग पराजित भएसँगै चेन्नई पहिलो चरणबाटै बाहिरिने लगभग पक्का भएको हो । 

शीर्ष स्थानमा उक्लिएको मुम्बईले चेन्नईलाई  १० विकेटले पराजित गर्यो । सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको सामान्य विजयी लक्ष्य मुम्बईले १२.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो । 

जारी प्रतियोगितामा मुम्बईले मात्र १० विकेटको जित निकाल्यो । मुम्बईको जितमा इशान किशनले नटआउट रहँदै ३७ बलमा ६८ तथा क्विन्टन डी ककले ३७ बलमा नटआउट ४६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेटको नोक्सानीमा १ सय १४ रन मात्रै बनाएको थियो । चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रन बनाए । 

खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले १८ रन खर्चेर ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २–२ विकेट लिए । 

अंक तालिका
जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो । अहिलेसम्म चेन्नईले पहिलो चरणमा ८ खेलमा हार बेहोरेको थिएन । 

त्यस्तै अहिलेसम्म चेन्नईले १० विकेटको हार बेहोरेको थिएन ।

१० खेलबाट १४ अंकसहित दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरको समान १४ अंक रहेको छ भने कोलकाता नाइट राइडर्सको १० अंक छ । सनराइजर्स हैदराबाद, किंगस इलाभेन पन्जाब र रोजस्थान रोयल्सको ८–८ अंक छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ