arrow

बडादशैंको महाअष्टमीमा महागौरीको आराधना, यस्ता छन् फाइदा

श्वेते वृषे समारुढा, श्वेताम्वरधरा शुचिः । महागौरी शुभं दद्यात, महादेवप्रमोददाद ।। या देवी सर्वभूतेषु माँ गौरी रुपेण संस्थिता ।

logo
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
Dashian-ashtami.jpeg

काठमाडौं । बडादशैंको महाअष्टमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजासँगै महागौरीको पूजा आराधना गरिन्छ । विश्वास गरिन्छ कि माता महागौरीको पूजाले असम्भव काम पनि सम्भव हुन्छ । पाप नाश हुन्छ । 

माताले यो स्वरुपमा भगवान शिवलाई पाउन तपस्या गरेको उल्लेख छ । उनको शरीर कालो भएको थियो । प्रशन्न भएर भगवान शिवले स्वीकार गर्दै उनको शरीरमा गंगाजल छर्किएका थिए । 

यसबाट माताको शरीर कान्तिवान र वर्ण गौर भयो । तब उनको नाम गौरी राखियो । 

उनको वाहन वृषभ हो । उनको एक भुजा अभयमुद्रामा हुन्छ । दोस्रो भुजामा त्रिशूल, तेस्रो भुजामा डमरु र चौथो भुजामा वरमुद्रा हुन्छ । 

उनको वस्त्र पनि सेतो र सबै आभूषण पनि सेतो नै हुन्छ । 

महागौरीको आराधनाबाट सोमचक्र जाग्रत हुन्छन् । यसबाट असम्भव कार्य पनि सम्भव हुन्छन् । समस्त पाप नाश हुन्छन् । सुख–सौभाग्य प्राप्ति हुन्छ । हर मनोकामना पूर्ण हुन्छ । 

स्तुति मन्त्र
श्वेते वृषे समारुढा, श्वेताम्वरधरा शुचिः ।
महागौरी शुभं दद्यात, महादेवप्रमोददाद ।।
या देवी सर्वभूतेषु माँ गौरी रुपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै मनस्तस्यै नमो नमः ।।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ