arrow

घरले पनि फेर्छ काँचुली 

logo
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
ghar-rangarogan.jpg

पाल्पा । एक दिन सबैका आउँछन् । त्यसैले त ३६४ दिन ढिँढो, साग र सिस्नु खानेले पनि दशैंमा माछा, मासुसँग भात खान्छन् भनिन्छ । 

अरुबेला झुत्रे कपडा लगाउनेले पनि दशैंको दिन नयाँ कपडा लगाउने चलन छ । हो दिन सबैका आउँछन् एक दिन । 

त्यस्तै घरले पनि काँचुली फेर्छ रे । दशैंका लागि मान्छेले मात्र हैन घरले पनि राहत महसुस गर्छ । घरको पनि मुहार फेरिन्छ । 

दशैंमा घर पनि सिँगारेर चिटिक्क पारिन्छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ५ को भालुखानमा लिपपोत र झ्यालढोकामा रङ्गरोगन गरी सिँगारिएको घर । दशैँका अवसरमा रातो माटोले लिपपोत गरी आकर्षक बनाइएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ