arrow

मोर्चाद्वारा आज पनि बैठक बहिस्कार

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
bicc.gif.gif
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गरेको छ।
 
बैठकको प्रारम्भ हुनासाथ मोर्चासँग सम्बन्धित दलका सदस्य आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएपछि सभामुख ओनसरी घर्तीले नेपाली जनता दलका सांसद हरिचरण साहलाई बोल्नका लागि समय प्रदान गरेकिथिन्।
 
बैठकमा उनले लामो समयदेखि जारी आन्दोलनलाई बेवास्ता गरिएको भनी आपत्ति जनाउँदै आफूहरुले उठाएको मागलाई सम्बोधन नगरिएकाले आजको बैठक बहिस्कार गरेको घोषणा गरे ।
 
उनले बहिस्कार गर्ने घोषणा गर्नासाथ आन्दोलनरत मोर्चासँग आबद्ध सांसद बैठकबाट बाहिर गएका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ