arrow

कोराना भाइरसको महामारी रोक्ने मुख्य साधन ‘मास्क’

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
corona-mask.jpg

काठमाडौं । मास्कको प्रयोग गर्नाले सयौंको संख्यामा मानिसहरुको ज्यानबाट जोगिने गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । 

मास्कको प्रयोगका कारण संक्रमण बृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ । 

समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार अमेरिका, युरोपका देशहरुका गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निस्कर्ष निकालिएको छ । 

स्वास्थ्य समितिले सार्वजनिक स्थलमा निस्किदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउनसमेत अनुरोध गरेको  छ । 

यस्तै समितिले कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उद्दार जारी रहेको जनाएको छ । 

गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कुटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशका १ लाख २० हजार ८ सय २९ जना नेपालीहरुको उद्दार गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ