arrow

जब अजयले काजोलसँगको विवाह बिर्सिए, शाहरुखले दिए जवाफ

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
ajaya-kajol2.jpg

काठमाडौं । बलिउड अभिनेता अजय देवगन र काजोलको विवाह भएको करिब २२ बर्ष  भएको छ । दुबै फिल्म उद्योगको सबैभन्दा चर्चित र मनपर्दो जोडी हुन्। दुवै एकैसाथ सधैं हाँसीखुशीका साथ देखिन्छन्। तर अजय देवगन एक पटक आफ्नो बिहेको मिति बिर्सिसकेका थिए।

अजय देवगन करण जोहरको च्याट शो 'कफी विद करण' मा पुगेका थिए। शोको क्रममा अजय र काजोल दुबैले रमाईलो गरे तर अजयले आफ्नो विवाह मिति बिर्सिए।

सँगै रहेकी काजोल विवाहको मिति बिर्सिएकोमा अजयलाई रिसाएर हेर्दै थिइन्। तर शाहरुख खानले काजोल र अजयको विवाहको मिति बताए। आफ्नो विवाहको मिति बिर्सिएका अजयलाई शाहरुखले राहात दिए । 

सो समय शाहरुख आफ्नो फिल्म 'दिलवाले' को प्रमोशनका लागि पुगेका थिए। यसै समयमा करणले शाहरुखलाई र्‍यापिड फायर राउन्डमा सोधे, यो प्रश्न सोधेपछि शाहरुखले तुरुन्त जवाफ दिए। त्यहाँ उपस्थित काजोल र करण शाहरुखको जवाफ सुनेर छक्क परे। २४ फेब्रुअरी १९९९ मा अजय र काजोलको बिहे भएको थियो।

शाहरुख खान र काजोल धेरै मिल्ने साथी हुन् । दुबैले धेरै फिल्महरूमा सँगै काम पनि गरेका छन।  दुबैको जोडिलाई पर्दामा खुब मनपराइयो। हालसालै शाहरुख र काजोलको फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' २५ पूरा भएको छ। यी दुबै फिल्महरूले दर्शकहरूबाट धेरै प्रेम पाए। यस बाहेक 'बाजीगर', 'दिलवाले' र 'करण- अर्जुन' फिल्महरूमा सँगै अभिनय गरेका छा्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ