arrow

निमोनिया देखिएर अस्पताल ल्याइएका दुई जनाको कोरोनाले लियो ज्यान

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
Dead_Body.jpg.jpeg

चितवन । कोभिड–१९ को संक्रमणबाट चितवनमा थप दुई संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो । 
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।

निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 
 
यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । ति वृद्धाको शनिबार साँझ मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ