arrow

सन्दीप लामिछानेले भने –टाढा भए पनि मन भने नेपालमै छ 

logo
प्रकाशित २०७७ कार्तिक १० सोमबार
sandeep-lamichhane3.jpg

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले विजया दशमीको शुभकामना दिएका छन् । सामाजिक संजाल ट्वीटरमार्फत उनले शुभकामना दिएका हुन् । 

उनी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने क्रममा युएईमा छन् । दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपले अहिलेसम्म १ खेल पनि खेल्न पाएका छैनन् । 

दिल्लीले ११ खेल खेलिसकेको छ । सन्दीप यसअघि दुई पटक दिल्लीबाट खेलिरहेका छन् । यसपालि उनले एक खेल पनि खेल्न पाउने हुन् कि हैनन् भन्ने आशंका छ । 

आईपीएलको ११ औं संस्करण खेल्न पाएपछि सन्दीपको फ्रेन्चाइज टी–२० क्रिकेटको यात्रा विश्वमै निकै अगाडि बढेको छ । 

उनले ट्वीटरमा यस्तो लेखेका छन्, ‘हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् । सुख, शान्ति, समृद्धी तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ कामना ! सुरक्षित र स्वास्थ्य रहनुहोस् ! सम्पूर्णमा मेरो माया। टाढा भएपनि मन भने नेपालमै छ। शुभ दशैं।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ