arrow

कुटनीतिज्ञहरुको बडादशैं

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १० सोमबार
ambassdors-in-nepal-india-u.jpg

काठमाडौं। बडादशैंको आज महत्वपूर्ण दिन अर्थात विजया दशमी। आम नेपालीहरुले देश तथा विदेशमा रहेका आम नेपालीहरुले देवी भगवतीको प्रसाद स्वरुप मान्यजनको हातबाट टीका तथा जमरा लगाएर दशैं मनाएका छन् । कोरोनाको प्रभावका कारण दशैं केहि खल्लो भएपनि आ आफ्नै घरमा बसेर मान्यजनहरुको हातबाट टीका ग्रहण गरि दशैं मनाइएका तस्विरहरु सामाजिक संजाल र मिडियाहरुमा देखिएको छ। 

आम नेपालीहरु दशैंमा रहमाइरहँदा देशभित्र रहेका मित्रराष्ट्रका राजदुतहरु पनि दशैंको रंगमा रमाइरहेका देखिएका छन् । कोरोनाकाल भएका कारण सामाजिक दुरी कायम गर्नुपर्ने वाध्यताले सार्वजनिक कार्यक्रम नगरेपनि दशैंसँग कुनै न कुनै स्वरुपमा राजदुतहरु जोडिएका छन् । गत बर्ष सार्वजनिक रुपमा सांस्कृतिक कार्यक्रम गरेर बडा दशैं मनाएको अमेरिकी राजदुतावासले यो बर्ष गत बर्षकै तस्विरहरुलाई फेरि सार्वजनिक गर्दै बडा दशैंको शुभकामना दिएको छ । भारतीय राजदुतले पोष्टकार्ड बनाएर दशैंको शुभकामना बाँडेका छन् । चिनियाँ राजदुतले दशैंमा नेपाली गीत गाएर दशैं मनाउँदै शुभकामना दिएकी छिन्।    

नेपालीहरुको ठूलो चाड दशैंमा भारतीय राजदुत विनयमोहन क्वात्राले नेपालीमै ट्वीट गर्दै शुभकामना दिएका छन् । भारतमा पनि नवरात्री मनाइए पनि नेपालमा जस्तो टीका ग्रहण गर्ने परम्परा भने छैन । तर भारतमा पनि दुर्गा पूजा भव्य रुपमा मनाइने भने गरिन्छ । क्वात्राले नेपालका साथीहरुलाई शुभकामना भन्दै ट्वीटमा लेखेका छन्, 'असत्यमाथि सत्यता र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयदशमीको शुभ अवसरमा नेपालका साथीहरुलाई हार्दिक शुभकामना। यस चाडले तपाई र तपाईको परिवारलाई राम्रो स्वास्थ्य, समृद्धि र भाग्य ल्यायोस। # HappyDashain2077 ’

चिनियाँ राजदुत होउ यान्कीले बडा दशैंमा पुरानो नेपाली गीत रेशम फिरिरि रेकर्ड गराएर भिडियो समेत सार्वजनिक गरेकी छिन् । चिनियाँ लवजमा नेपाली गीत रमाइलै सुनिएको छ । सांस्कृतिक पक्षलाई मसिनो गरि समेट्ने खुबी भएकी यान्कीले यसअघी पनि नेपाली गीतमा नाचेर सबैलाई महित पारिसकेकी छिन् । दशैंका बेला गीत सार्वजनिक गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै राजदुत यान्कीले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस!’

अमेरिकी राजदुत रेण्डी बेरी दशैंका बेला खसीको मासु पकाउँदै गरेको पनि भेटिए । दशैंको रमाइलोमा खसीको मासु खाने र त्यसलाई पहिलो पटक पकाएको अनुभव पनि राजदुतले साँटेका छन् । गतबर्ष दुतावासले आयोजना गरेको दशैंको टीका ग्रहण र सांस्कृतिक कार्यक्रमको तस्विर ट्वीटरमा राखेर उनले स्मृती ताजा गरेका छन् । राजदुत बेरीले चाड मनाइरहेका सबैमा शुभकामना दिदै लेखेका छन्, ‘२०७७ सालको विजया दशमीको उपलक्ष्यमा म लगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, स्वास्थ्य, तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं। Have a blessed & cheerful Dashain, everyone! Please stay home & safe!Folded hands Here're my memories of Dashain in 2008-19! '

नेपालस्थित अन्य कतिपय देशका मिसन प्रमुख र दुतावासले पनि बडा दशैंको शुभकामना दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ