arrow

सुस्तामा सन्तको हत्या पछि सनातनी समाज आक्रोशित, बिश्व हिन्दु परिषदले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १० सोमबार
santa-killed-susta-nawalpar.jpg

काठमाडौं। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका वडा नं.४ नर्सही, पश्चिम डाडीस्थिति हनुमान मन्दिरका सन्त महगु केवटको हत्याप्रति सनातनी समाज आक्रोशित भएको छ। सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थासँग जोडिएका साधु–सन्तहरुको श्रृंखलाबद्ध हत्या एवं साधु–सन्तमाथि सांघातिक आक्रमणले सम्पूर्ण सनातनी समाज मर्माहीत तथा आक्रोशित भएको उल्लेख गर्दै विश्व हिन्दू परिषद, नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सन्तको हत्या जस्तो अमानवीय घटनाको कडा शब्दमा निन्दा गर्दै परिषदले हत्यामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारवाही गर्न माग गरेको छ। साथै परिषदले मृतक सन्तलाई सहिद घोषणा गर्दै सन्तसमाजको  सुरक्षा–व्यवस्था मिलाउन सरकार समक्ष माग गरेको छ । 

परिषदको नवलपरासी पश्चिम शाखाका संयोजक राजेश गुप्ताले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै बारम्बार हिन्दू आस्थामाथि आँच आउने गरी हत्या, हिंसा आक्रमणको घटना बढ्नुले नेपालको फितलो सुरक्षा व्यवस्थालाई प्रदर्शित गरेको उल्लेख छ। यस किसिमको हत्या–हिंसाविरुद्ध सरकारले विशेष पहल गरी समयमै आपराधिक तत्वलाई निरुत्साहित गर्न अपिल समेत परिषदले गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत पठाइएको ज्ञापन पत्रमा बारम्बार हिन्दू आस्थामाथि प्रहार भइरहे हिन्दू समाज तथा हिन्दू संगठनहरु कडारूपमा प्रस्तुत हुन बाध्य हुने र तत्पश्चात् सिर्जना हुने परिस्थितिको जिम्मेवार सरकार स्वंय हुनुपर्ने चेतावनी दिइएको छ।

केहि हप्ताअघी रौतहटमा एक हनुमान मन्दिरका पुजारीको हत्यापछिको यो दोस्रो हत्या हो। सो हत्याको भरपर्दो अनुसन्धान नभइ हत्याराले उन्मुक्ती पाएको आरोप लागिरहेकै बेला नवलपरासीमा अर्का पुजारीको हत्या भएको हो । ७५ बर्षिय पुजारी तथा सन्त केवटको हत्याले अहिले सन्त समाजसँगै सनातनी समाज आक्रोशित भएको छ । बडादशैंको बेलामा नियोजित रुपमा गरिएको हत्या धार्मिक सद्भाव विगार्ने नियतबाट भएको आँकलन समेत हुन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ