arrow

सरकारको बजेट: विकासको काममा ६२ प्रतिशत कमि, भ्रमणमा ४२८ प्रतिशत बढी !

'नातेदार तथा चिनजानका व्यक्तिहरूको लागि आवश्यक पर्ने रकम यो शीर्षकबाट विनियोजन'

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Ministry-Finance-hamrakura-3.jpg.jpeg
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा अघिल्लो आर्थिक वर्षको भन्दा पुँजीगत बजेटको हिस्सा ०.१ प्रतिशतले कमि आएको सरकारले दाबी गर्दै आफू पुँजीगत शीर्षकमा बजेट घटाउने पक्षमा नरहेको जनाउ दिन खोजेको छ । 
 
तर, सरकारले ल्याएको बजेटलाई भित्रीतहबाट विश्लेषण गर्ने हो भने विकासको लागि आवश्यक हुने पुँजीगत खर्चलाई बढाएर हिस्सामा जति नै पुर्‍याएपनि आवश्यक बजेटमा भने भारी गिरावट गरिएको छ । जसले गर्दा उत्पादन एवं विकासका भन्दा पनि सामाजिक सुरक्षा र वितरणमुखी बजेट भन्ने स्पष्ट आधार रहेको अर्थमन्त्रीहरूको दाबी छ । 
 
कूल ६७ शीर्षकमा छुट्टाईने चालू खर्च तथा कूल १२ शीर्षकमा छुट्टाईने पुँजीगत खर्चमध्ये १४ शीर्षकका खर्चलाई अघिल्लो आर्थिक वर्षको भन्दा कम बजेट छुट्टाईएको छ भने बाँकी शीर्षकमा अघिल्लो वर्षको भन्दा बढी बजेट छुट्टाईएको छ । 
 
त्यस्तै पुँजीगत खर्चमा सरकारले आगामी आर्थिक वर्षको लागि अघिल्लो आर्थिक वर्षको भन्दा तीनवटा शीर्षकमा कम बजेट विनियोजन गरेको छ भने अन्य शीर्षकमा अघिल्लो वर्षको भन्दा बढी बजेट विनियोजन भएको छ । 
 
यसरी अघिल्लो वर्षको तुलनामा कम बजेट विनियोजन हुनेमा पुँजीगत तर्फ पुँजीगत सुधार खर्च, पुँजीगत सुधार खर्च सार्वजनिक निर्माण तथा भैपरी आउने पुँजीगत खर्चमा भारी गिरावट गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा भन्दा पुँजीगत सुधार खर्च तर्फ ६२.२६ प्रतिशतले हुन आउने रकम कम विनियोजन गरेको हो । 
 
अघिल्लो वर्षमा यो शीर्षकमा २ अर्ब १० करोड १९ लाख ८४ हजार विनियोजन भएकोमा यो वर्ष भने मात्रै ७५ करोड १२ लाख ९६ हजार रूपैयाँ विनियोजन भएको छ । जुन अघिल्लो वर्षको भन्दा १ अर्ब ३५ हरोड ६ लाख ८८ हजार रूपैयाँले कमि हो । 
 
त्यस्तै, सरकारले आगामी आर्थिक वर्षको तुलनामा अन्य भ्रमण खर्चमा भने भारी बृद्धि गरेको छ । सरकाले आगामी आर्थिक वर्षको लागि उक्त शीर्षकमा ४२८.६९ प्रतिशतले हुन आउने रकम बढी विनियोजन गरेको छ । अघिल्लो वर्ष १ करोड १७ लाख ३४ हजार रूपैयाँ विनियोजन गरिएकोमा यो वर्ष ६ करोड २० लाख २६ हजार रूपैयाँ खर्च गर्ने अनुमान गरेको छ । यी दुई वर्षको बजेटमा ५ करोड ३ लाख २ हजार रूपैयाँ भिन्नता रहेको छ । 
 
भ्रमण र पुँजीगत सुधार खर्च कसरी हुन्छ खर्च ?
पुँजीगत सुधार खर्च अन्तर्गत् सरकारले गर्ने विकास निर्माणका कामहरूको पुननिर्माण तथा मर्मत् संहार गर्ने काम पुँजीगत सुधार खर्च अन्तर्गत् राखिनेगरेको योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुँजीगत सुधार खर्चमा यति धेरै बजेट घटाउनु दुखद् रहेको धारणा पनि व्यक्त गरे । त्यस्तै, भ्रमण खर्चमा यतिका धेरै बृद्धि गरिनु पनि राम्रो नभएको उनको तर्क थियो । 
 
भ्रमणको लागि मात्रै सरकारले तीन तहमा खर्च विनियोजन गर्ने गरेको छ । भ्रमण खर्च, विशिष्ठ व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्च र अन्य भ्रमण खर्च गरी तीन शीर्षकमा विनियोजन गरिने बजेटमा भ्रमण खर्चमा ३५ प्रतिशतले बृद्धि गरिएको छ भने विशिष्ठ व्यत्तिः तथा प्रतिनिधि मण्डलको भ्रमण खर्चमा झण्डै एक प्रतिशतले घटाईएको छ । तर, विशिष्ठ व्यक्तिहरूको नातेदार तथा चिनजानका व्यक्तिहरूको लागि आवश्यक पर्ने रकम यो शीर्षकबाट विनियोजन गरिन्छ यसमा भने यत्रो बृद्धि भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ