arrow

रहेनन् बलिउड हास्य अभिनेता रज्जाक खान

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
razzak-khan.jpg.jpeg
एजेन्सी । बलिउड हास्य अभिनेता रज्जाक खानको निधन भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको हो । रज्जाक खान  बलिउडका हास्य अभिनेता हुन् ।  बुधबार बिहान १२:३० हृदयघात भएपछि उनको मुत्यु भएको हो। उनले मुम्बईको बान्द्रास्थित एक अस्पतालमा अन्तिम सास फेरेको भारतीय संचारमाध्यमले जनाएका छन्।
 
रज्जाक खान सन् १९९३ मा चलचित्र  रुपबाट बलिउडमा अभिनय गर्न सुरु गरेका हुन् ।   रज्जाक बलिउडका चल्तीका हास्य कलाकारहरूमा पर्थे। उनी सलमान खान स्टारर 'हेलो ब्रदर शाहरूख खान स्टारर 'बादशाह',  तथा गोविन्दा अभिनित 'आखियो से गोली मारे' लगायतका फिल्ममा निर्वाह गरेको चरित्रले दर्शकको मन जीतेको थियो ।
 
रज्जाक खानले ९० बढि बलिउड चलचित्रमा काम गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ