arrow

कोरोना भाइरसः पोखरामा ३६ वर्षीया महिलाको मृत्यु, यस्तो छ तथ्याङ्क 

logo
हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
corona-killed-final.jpg

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नंं १३ का ३६ वर्षकी महिला रहेकी छिन् । उनको बुधबार राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार केन्द्रमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार ती महिला कात्तिक ५ गतेदेखि प्रतिष्ठानमा उपचाररत थिइन् । योसंगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । 

गण्डकी प्रदेशका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९ जना पुगेको छ । साथै कूल कोरोना संक्रमितको संख्या ६९ सय ४५ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ