arrow

हतियार तथा बिष्फोटक पदार्थ सहित मोरङ्गबाट विप्लव समुहका कम्पनी कमिसार पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
biplab-eastern-commander-mo.jpg

बेलबारी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका पूर्वी कमाण्ड अन्तर्गत मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार सहित दुई जना पक्राउ परेका छन् । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का नेतृत्वको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

घिमिरे सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए । उनीहरूमाथि हातहतियार खरखजना सहित मिक्लाजुङका स्थानिय मानिसहरुसँग चन्दा असुलउपरको आरोप पनि लागेको छ । प्रहरीले उनीहरूको साथबाट हातहतियार खरखजना, बिष्फोटक पदार्थ, विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, हाई एक्सप्लोसिभ बिष्फोटक पदार्थ (जिलेटिन) ३ केजी, सुतली बम २ थान, १ थान सकेट बम, टुकी बम १ थान, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान नन ईलेक्ट्रिक डेटोनेटर, ६ थान लाईटर, १२ भोल्टको ब्याट्री, मोवाइल सेटहरु, एक्सप्लोसिभ गन पाउण्डर र बारुद्ध ४ बट्टा समेत बरामद भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ