arrow

पर्यटक नेपाल आउन कुनै सन्देह मान्नु पर्दैन : अर्जेन्टिनाका कलाकार फकुन्दो

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Fakundo-1.jpg.jpeg
काठमाडौ। अर्जेन्टिनाका प्रख्यात कलाकार जर्ज फकुन्दो अरना सहितको सगरमाथा आरोहीको टोलिले नेपाल भुकम्पपछि पनि पहिला जस्तै सुरक्षित रहेको आफूले अनुभुति लिएको जनाएका छन् । तीन देशका यि आरोहीहरुले यो सन्देश आ–आफनो देश सहित विश्व सामु पुर्याउन भुमिका खेल्ने उनीहरुले जनाएका छन्।
 
राजधानीमा पत्रकारहरुसंग भएको अन्तक्रियामा अर्जेन्टिनाका अभिनेता तथा संगीतकर्मी फकुन्दो सहितको अर्जेन्टिना, मलेसिया र क्यानडाका ९ जना आरोहीले नेपाल भुकम्पपछि पनि भुकम्पअघिको जस्तै सुरक्षित रहेको अनुभव गरेको बताए । आरोही दलका सदस्यहरुले सगरमाथाको आरोहणका क्रममा नेपालमा रहँदा नेपालको अवस्था सुरक्षित र नेपालीको मनोवल उच्च पाएको भन्दै नेपाल आउन पर्यटकले कुनै पनि सन्देह लिनु नपर्ने सन्देश विश्व सामू फैलाउने जनाए। 
 
अर्जेन्टियाली कलारका फकुन्दोले भने “नेपाल सुरक्षित रहेको सन्देश विश्व सामु लैजान र आगामी दिनमा नेपालमा सहयोग गर्न म निकै इच्छुक छु ।” उनले थपे “भुकम्पपछि पनि नेपाल यत्तिको सुरक्षित रहेछ यस्तो अवस्थामा कुनै पनि विदेशी पर्यटक नेपाल आउन असजिलो मान्नु पर्दैन । म यो सन्देश विश्वलाई दिन चाहन्छु”
 
११ पटकसम्म सगरमाथाको सफल आरोहण गरेका नेपाली आरोहण गाईड टेण्डी शेर्पाको नेतृत्वमा ९ जना विदेशी आरोही र ९ जना नेपाली सहयोगी शेर्पाको टोलिले गत २३ मे मा सगरमाथाको सफल आरोहण गरेको थियो । आरोहणका नेतृत्व गरेका शेर्पाले भने “सामान्यतया आरोहीले सगरमाथाको आरोहणपछि सफलतामा रम्ने गरेको देखिने गरेको भए पनि यस आरोहण दलका सदस्यहरुले नेपालको बारेमा विश्वमा सुरक्षित रहेको सन्देश लैजान्छौ भनेर निकै ठुलो उत्साह देखाएका छन् ।” 
 
यस आरोहण दलमा २२ वर्षका मलेशियाली आरोही फारुल एडिब बिन महमद युसुफ पनि  सहभागि थिए । “फारुलले भने मलाई आरोहण सफल भएकोमा निकै खुशी छ र उत्तिकै खुशी छ की नेपालीले गरेको सहयोग प्रति, यो सहयोगलाई सम्झदै म नेपाल भुकम्पबाट सुरक्षित रहेको सन्देश फैलाउन चाहन्छु ।” आरोहण दलका सदस्य आरोहीहरुले भुकम्पमा नेपालमा धेरै क्षति पुर्याएको सुनेको भए पनि आफै नेपाल आएर अनुभव गर्दा नेपालीको मनोवल निकै उच्च र सहयोगी पाएको बताए । 
 
दलका ९ जनाले नै आगामी दिनमा फेरि सगरमाथाको आरोहण गर्ने र नेपालका अन्य भाग पनि घुम्ने योजना रहेको बताए । 
 
आरोहणको ब्यवस्थापन गरेको नेपाली कम्पनी ट्याग नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन प्रालीका प्रबन्ध निर्देशक गोविन्द गुरुङ्गले प्रख्यात अर्जेन्टिनाका कलाकार फुकन्दोले सगरमाथाको सफल आारेहण गर्नु नै नेपालका बारेमा विश्वभर सकारात्मक सन्देश जाने बताउनु भयो । प्रबन्ध निर्देशक गुरुङ्गले फुकन्दो जस्तो प्रख्यात ब्यक्तिले नेपालका बारेमा पुर्याउने सकारात्मक सन्देशबाट देशको पर्यटन जगतले निकै फाईदा लिन सक्ने बताउनु भयो। 
 
फुकुन्दो अर्जेन्टिना र त्यस वरपरका देशमा निकै लोकप्रिय कलाकार हुन। उनले धेरै चलचित्रमा अभिनय गरेका छन् भने ती चलचित्रहरु निकै लोप्रिय समेत छन् । उनी जस्तो सेलिब्रिटी कलाकार आफैमा ब्राण्ड बोकेका ब्यक्ति हुने र उनीले नेपालबारे सकारात्मक प्रतिक्रिया दिंदा भुकम्पपछि नकारात्मक बनेको नेपालको पर्यटन जगत माथि उठ्न सजिलो हुने छ।  आरोहण दलका सदस्यहरु केही दिनमा नै आ–आफनो देश फर्कदैं छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ