arrow

प्रदेश १ मा एक सय चौतीस संक्रमित थप

logo
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
covid-test-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा  १३४ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमा ६४ महिला र ७० जना पुरुष छन् । 

थपिएका संक्रमितमा सुनसरीमा ५७, मोरङमा ४२ मध्ये विराटनगरमा ३२, झापामा ३१, तेह्रथुममा एक र प्रदेश  बाहिरका तीन जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

यसप्रदेशमा हालसम्ममा कोरोना संक्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ भने बिहिबार विभिन्न स्थानबाट ७० जनासहित हालसम्ममा १० हजार १७९ जना निको भएर घर फर्किएका छन् । 

 पछिल्लो सो अवधिमा प्रदेशमा ४४२ जना सहित कूल एक लाख ५६ हजार ९८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ