arrow

लुम्बिनी प्रदेश सभाको नयाँ भवन निरक्षण गर्न सभामुखसहितको एक टोली दाङमा

logo
नारायण वली,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
lumbini-pradesh-toli.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशनको तयारीका लागि लुम्विनी प्रदेशका सभामुख पूर्ण वहादुर घर्ती, उप–सभामुख कृष्णी थारु र आन्तरिक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी सहितको टोलीले शुक्रबार दाङको देउखुरी उपत्यकाको बिभिन्न क्षेत्रको निरीक्षण तथा अनुगमन गरेको छ ।

देउखुरीको लालमटिया स्थित राप्ती प्राविधिक शिक्षालयलको परिसरमा संसद बैठक सञ्चालन गर्न सम्भव हुने अथवा नहुने भन्ने बारेमा सो टोलीले अध्ययन एवं छलफल गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले वताएका छन् । उनका अनुसार टोलीले राप्ती प्राविधिक शिक्षालयका प्रमुख एवं प्राविधिक, गढवा गाउँपालिका र राप्ती गाउँपालिका संग विशेष छलफल गरेको वताईएको छ ।

१६ विगाह क्षेत्रफलमा फैलिएको शिक्षालयमा साना ठूला गरेर हाल ३५ वटा पक्की भवन र ३ सय जनाको क्षमता रहेको व्यवस्थित सभाहल रहेको वतार्ईएको छ ।  प्राविधिक शिक्षालायको स्थान्तरणको वातावरण निर्माण भए आउँदो तिहारपछि शुरु हुने लुम्बिनी प्रदेशको हिउँदे अधिबेशन सोही शिक्षालयमा बस्ने सम्भावना वढी रहेको टोलीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ