arrow

दोषी को हो ?

logo
राजु राजेन्द्र खनाल,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
rajendra-khanal.jpg

उ अझै भन्ने गर्छ उ जन्मेकै खानलाई मात्र हैन । केही गर्नु छ त्यो पनि समाजका लागि हैन, गर्नु छ केवल आफ्ना लागि सिर्फ आफ्ना लागि । गाउँको प्रा.वि सम्मको स्कुलमा क खरा सिक्छ, हाईस्कुल नहुदा पढ्न भनेर गाउ छोडाइन्छ। आमा सँग छुट्नु परेकोमा उस्लाई कत्ति पनि विस्मत छैन, बाबु भने सँगै गईदिए हुन्थ्यो जस्तो लाग्छ । समाजमा आमाको गर्विलो ओँच र त्यसको प्रभावले घरमा बाबु आमा विच सृजना हुने तनावको उ सधै साक्षी हो त्यसैले उसलाई त्यो घर पनि घर जस्तै लाग्दैन । घर छोडेर हिड्दा उसले सानो पाइपको गुडाउने रिङ र फुनटिङ पेन बोक्न विर्सदैन कोनि किन हो । घर देखि दुई गाउ टाढा लगेर उसलाई कक्षा छ मा भर्ति गराई छिमेकीको आफन्त पर्नेकोमा वस्ने बन्दोवस्त मिलाईन्छ । उ धेरै खुशी छ । पराई ठाउमा अर्काको घरमा बसेर खादा सधै पाहुना भइ मिठो मिठो मात्र खान पाइन्छ भन्नेमा उ ढुक्क छ । पहिलो दिन दुई चम्चा घिउ र कागतिको अचार खाएको उसले पछि सम्म पनि विर्सिएको थिएन । कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा उ, गा.वि.स प्रथम हुन्छ । छालाको जुत्ता र जिन्सको पाइन्ट लाउने सपना बाबुबाट पुरा भएकोमा उधुम खुशी हुन्छ ।

उसलाई एस.एल.सी मा प्रथम डिभिजनमा पास हुनु थियो । डिस्टिङसन पनि उ जस्ता विद्दार्थीले नै ल्याउने हो भन्ने चै सुनेको थियो तर त्यता तिर उसको खासै बल थिएन । उसकी आमा उसलाई विज्ञान पढाएर गाउ तिरै बी.एस.सी शिक्षक होस भन्ने चाहन्थिन भने बाबुलाई के पढ्दा राम्रो भविष्य हुन्छ भन्ने नै अत्तो पत्तो नहुदा राम्रो पढ है छोरा मात्र भन्ने गर्दथे । उसका मामा भने अलिक बढी खतरनाक नै लाग्थे । मामा सबै क्षेत्रमा अब्बल थिए तर बढिनै रक्सी चढाउने बानी थियो । मामलका दाजु दिदिले पढाईलाई कक्षा ८ मै बिट मारेकोले होला मामाको ध्यान भान्जा तिर थियो । सँधै, मामाको इज्जत राखेस है भन्दै आफूलाई इज्जतिलो भएको प्रमाणित गरिरहन खोज्दथे । अरु सबैले गुहु खाईहाले मेरो भानिजले चै नामको अगाडि डाक्टर लेख्छ भन्दै भान्जोको भुत्ते दिमाग चाटिरहन्थे ।

उ बुझ्ने भईसकेको थियो । उसलाई न इज्जत कमाउने कामतिर ध्यान थियो न डाक्टर बन्ने तिर नै । विस्तारै मामालाई नै डा. जड्याहा भन्दै डाक्टर शब्दकै खिल्लि उडाएर मामालाई मतलब दिन छोडिसकोको थियो । अब उसलाई आमा मात्रै एक मात्र दुश्मन हो भन्रे लाग्यो । आमालाई पनि मेरो बाटोबाट सफाया गरिदिन पाए जिवन अख्खा हुन्थ्यो भनेर कल्परिहन्थयो । यसै विचमा धरान हात्तिसारबाट आए.एस.सि उत्रिण गर्यो त्यो नि मात्र आमाकै लागि । अब भने आमाको कुरा रत्तिभर पनि सुन्ने पक्षमा उ छैन । आमा सँगका सम्पुर्ण बन्धनहरु तोड्न चाहन्छ तर उचित बाहाना पाएको छैन । बी.एस.सी पढ्न भनी आमाले काठमाण्डौ पठाउछिन, तर उसलाई बी.एस.सी पढ्नु नै छैन । कुनै विषयमा स्नातक चै गर्नु पर्छ विस्तारै भन्ने चै लाग्थ्यो । विचमा बाबु लाई सम्बोधन गरेर आमालाई पत्र लेख्छ र पत्रमा आफुले समाजमा अछुत भनिएको जातको केटी भगाई घरजम गरेको समेत बताउछ । यसले आमाको शिर र मन दुवै भाचिने र उ सँगको सम्बन्ध समाप्त हुनेमा यकिन रही प्रफुल्तित हुन्छ । अब जीवन चरी भएको महशुस गर्दछ । अब न उसलाई इज्जतको डर न डाक्टरको बोझ, न मामाको भर न आमाको।

उ जवानी पोख्न कहिलेकाही रात्री बजार धाउने गर्दछ । गुजारा चलाउन डिल्लिबजारको कागज कारखानामा गोदाम व्यवस्थापकको काम गर्दछ । खान, बस्न, रमाइलो गर्न कसैको थैलो सम्झनु पर्दैन । उ यसैमा खुशी भएको ठान्दछ । जीवनलाई कहिल्यै पल्टाउने कोशिस गर्दैन । उसले आफैलाई भुल्दछ । गाउँ भुल्दछ । माया ममता दिने बाबु आमा भुल्दछ । उसको उमेर ३० कटेको पत्तै पाउदैन। पढाइ १२ वर्ष् अघि नै टुङगियो । कमाइको एक अंश पनि बचेको छैन । कुलमा उ नाङ्गो छ । न उसले दुनियालाई चिन्यो न दुनियाले उसलाई नै चिन्यो । मैले मेरो लागि बाँच्न आमा,मामा र दुनिया त्यागे आखिर पाए के ? उ पुर्ण रित्तो भएको महशुस गर्न थाल्छ । आधि बाटामै छोडेको पढाईले समेत पिरोल्न थाल्छ। सम्भावनाका ढोकाहरु पनि त सबै बन्द भै सके । शुन्य रहेको दिमागमा चकमन्नता छाउछ । सोच्न थाल्छ आखिर मेरो यो स्थिति आउनुमा दोषी को हो ? म, मेरो आमा या मामा ? उत्तर आमाकै मुखबाट सुन्न उसलाई हतास हुन्छ थाहा छैन किन हो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ