arrow

प्रदेश नं १ : २ सय २२ कोरोना सङ्क्रमित थप

logo
रासस,
प्रकाशित २०७७ कार्तिक १५ शनिबार
pradesh11.jpg

विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा २२२ कोरोना सङ्क्रमित थपिएका छन्। सो अवधिमा गरिएको ८०३ जनाको पिसिआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५, सुनसरीमा ५८, झापामा २९, इलाममा तीन, धनकुटामा एक र प्रदेश बाहिरका पाँच सङ्क्रमित छन्। प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ।

प्रदेशमा आज ३२ सङ्क्रमित निको भई घर फर्केका छन्। उनीहरुको सङ्ख्या अहिलेसम्म १० हजार ८५० पुगेको छ। प्रदेशमा हालसम्म एक लाख ५९ हजार ७५१ जनाको पिसिआर परीक्षण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ