arrow

कोरोनाबाट दुई महिलासहित तीन जनाको ज्यान गयो, गण्डकीमा ७८ पुगे

logo
हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
corona-killed.jpg

पोखरा । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको शनिबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी गैंडाकोट २ की ७७ वर्षीया महिलाको पनि शनिबार नै मृत्यु भएको हो । होम आइसोलेशनमै उनको मृत्यु भएको डा शर्माले जानकारी दिए । यसैगरी कावासोती ६ का ६७ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । उनको पनि होम आइसोलेशनमै मृत्यु भएको हो ।

यी दुवै जनाको सुरक्षाकर्मी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा दाहसंस्कार गरिसकिएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ७८ जना पुगेको छ । 

साथै यस प्रदेशमा कूल संक्रमितको संख्या ७ हजार ३७८ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ