arrow

पूण्यकार्यका लागि साउदद्वारा एक लाखको अक्षय कोष स्थापना

logo
प्रकाश बम, 
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
123137211_2396842047290616_.jpg

डोटी । सत्तारुढ नेकपा प्रदेश कमिटी सदस्य तथा डोटी चेम्बर्स अफ कमर्सका अध्यक्ष खगेन्द्र साउदले एक लाखको अक्षय कोष स्थापना गरेका छन् । दिपायल सिलगढी नगरपालिका ९ कलेनामा  रहेको तेडी माध्यमिक विद्यालयमा शनिबार एक कार्यक्रमकाबीच उनले अक्षय कोष स्थापना गरेका हुन् ।

साउदले भने, ‘आमा र बुवाको नाममा दिपायल सिलगढी नगरपालिकाभित्र रहेका सामुदायिक माध्यमिक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्ने पूर्वघोषित कार्यक्रम अनुसार स्थापना गरेको हो । प्रत्येक वर्ष जिल्लाका अपांग, एकल, गरिब र ज्येष्ष्ठ नागरिकलाई कपडा, सरसफाइका सामग्री, यात्रु प्रतिक्षालय निर्माण र नगर क्षेत्रका १० बालबालिकाको अभिभाकत्वसमेत लिई निरन्तर सामाजिक सेवाका कार्यहरु गर्दै आएका छौं ।’

त्यस्तै सोही अवसरमा दिपायल सिलगढी नगरपालिका ७ का रास्ट्रका लागि योगदानका डोटी जिल्ला संयोजक दिपेन्द्र खड्काले सोहि विद्यालयलाई ५ हजार ५ सय र नेपाल स्वयम्सेवक संघ जिल्ला कमिटी संयोजक धनबहादुर कुमालले पनि दश हजार रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

२०१७ सालमा स्थापना भएको उक्त  विद्यालयलाई करिब ६० वर्षपछि मावि सञ्चालनका लागि पहल गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ