arrow

बजेटले वित्तीय अराजकता ल्याउँछ: डा महत

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
ramsaran-mahat.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले सरकारले ल्याएको बजेटले वित्तीय अराजकता ल्याउने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सस्तो लोकप्रियताका लागि ल्याइएको बजेटमा आम्दानीभन्दा खर्च धेरै रहेकाले त्यसलाई सन्तुलन कायम गर्न नसकेमा राष्ट्रिय अर्थतन्त्रमा समस्या आउने धारणा राखे । 
 
नेता डा महतले बजेटमा एक वर्षको खर्च तथा आम्दानीको योजना र विवरण हुनुपर्नेमा दीर्घकालसम्म प्रभाव पार्ने महत्वाकाङ्क्षी योजनासमेत राखिएकामा असन्तुष्टि व्यक्त गरे । 
 
महतले बजेटका लागि अर्थमन्त्रालयले विभिन्न स्थानमा छलफल गर्ने भएकाले केही नीतिगत कुरा बजेट सार्वजनिक हुन अगाडि बाहिर आउने विषय सामान्य भए पनि अर्थमन्त्रीबाट बजेट सार्वजनिक गर्नुअगावै बजेटका महत्वपूर्ण योजना बाहिर चुहावट हुनु दुःखद भएको बताए । 
 
उनले भने , “नेप्सेमा दैनिक रु २५-३० करोडको कारोबार हुने गरेकामा बिमा नीति अनिवार्य हुने भनिएकाले त्यस क्षेत्रमा एकै दिनमा करिब रु डेढ अर्बको कारोबार भएको छ, रातारात ठूलो चलखेल भई केहीले एकैरातमा करोडौँ कमाएका छन् ।” 
 
नेता महतले मुलुकमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकारको खाँचो रहेको औँल्याउँदै सरकार परिवर्तन आफ्नो पार्टीको प्राथमिकतामा नरहेको उल्लेख गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ