arrow

मृत्युको पच्चीस दिन बित्दा पनि भएन महेन्द्र रामको दाहासंकार, नेकपाको ईसारामा प्रहरीले समाधान नगरेको आरोप

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
mahendra-ram.PNG

सर्लाही । कुटपिटबाट गम्भिर घाईते भई वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएका महेन्द्र रामको २५ दिन बित्दासम्म पनि दाहासंकार हुन सकेको छैन । २२ गते मृत्यु भएका सर्लाही रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको शव अहिलेपनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै रहको छ ।

महेन्द्र राममाथि कुटपिट गर्नेहरुलाई कानूनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको कांग्रेस नेताहरुले बताएका छन् । राममाथि कुटपिट गर्नेहरुविरुद्ध किटानी जाहेरी दिए पनि हालसम्म सत्ताधारी दल नेकपाका नेताहरुको ईसारामा प्रहरीले समाधान गर्न आनाकानी गरेको प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहको आरोप छ । 

पहिले किटानी जाहेरी दिन जादा झडपमा मृतकका भाई, श्रीमति एवं आधा दर्जन महिलासहित दुई दर्जन नेता कार्यकर्तालाई घाईते बनाएको सांसद्  सिंहले बताए । 

आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शव समेत खोसेर लगेको कांग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए । २८ गते नेपाली कांग्रेस सर्लाहीको आयोजनामा जिल्ला प्रहरी कार्यालय मलंगवा घेराउ गर्ने क्रममा झडप हुँदा नेपाल प्रहरीका दुईजना डिएसपीसहित २२ तथा सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी सामान्य घाईते भएका थिए ।

त्यस्तै प्रहरीले प्रहार गरेको लाठी र अश्रुग्याँसबाट आफ्ना दुईदर्जन नेता कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ । प्रहरीको लाठी प्रहारबाट दुई महिलाको हात तथा एक महिलाको खुट्टा समेत भाँच्चिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका अनुसार अन्य डेढ दर्जन नेता कार्यकर्ताहरुको टाउको, हात लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ । उता प्रहरीले भने किटानी जाहेरीलीने काम भयको र फरार अपराथीलाइ खोजने काम भइ रहयको सलाही प्रहरी प्रमुख सन्तोस सिंह राठोरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ