arrow

विदेशमा थप नौ सय त्रीसठी नेपालीमा संक्रमण, भेलासमेत नगर्न आग्रह

logo
प्रकाशित २०७७ कार्तिक १६ आइतबार
corona-india-test4.jpg

लन्डन ।  विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगै  विदेशमा रहेका नेपालीमा पनि कोरोना संक्रमण बढेको पाइएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना संक्रमण देखिएको र  संक्रमतिमध्ये ४५० रोमानियामा रहेका नेपाली छन् ।

संघका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार, यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका र  यसका कारण कसैको पनि मृत्य भने भएको छैन ।

हालसम्म ४२  देशमा रहेका ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेकामा तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत संक्रमणबाट मुक्त भएको उक्त समितिले जनाएको छ ।

गत सातासम्म १९ देशमा रहेका २८४ नेपालीको कोरोनाका निधन भइसकेको बताइएको छ ।

कोरोना भाइरसबाट संक्रमितमध्ये  मुक्त हुनेहरुको सङ्ख्या बढेको छ । गत हप्तासम्म संक्रमणबाट मुक्त हुने औसत ७० प्रतिशत रहेकामा यो साता ७६ दशमलव नौ प्रतिशत पुगेको छ ।

उक्त संघले अति आवश्यकबाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरोनाका कारण बेलायत फ्रान्स, बेल्जियम र जर्मनीजस्ता मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अति आवश्यकबाहेक अन्य प्रयोजनका लागि यात्रा  नगर्न उक्त संघले आह्वान गरेको हो । 

संघका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गर्नाका साथै  सार्वजनिक स्थलहरुमा निस्किँदा सकेसम्म माक्सको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन  र अनिवार्य रुपमा माक्स प्रयोग गर्न अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ