arrow

मोरङमा थप चारको मृत्यु, प्रदेशमा ४४९ निको

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
covid-test-positive-corona.jpg

मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी  सोमबार थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड  अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर–६ वस्ने ८३ वर्षिय  र मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय पुरुषको संक्रमणबाट सोमबार मृत्यु भएको  नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

मृतकमध्ये ८३ वर्षीय पुरुष  यही कात्तिक १४ सङकमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा संक्रमण देखिएको  थियो ।

यसैगरी संक्रमणका  कारण विराटनगर–१२ का  ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा सोमबार मृत्यु भएको छ । मृतकलाई  यही कात्तिक ६ गते पोजेटिभ देखिएका कात्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।  होम आइसोलेसनमा  रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा  सोमबार मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा सोमबार मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले  बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।

प्रदेश १ मा ४४९ जना निको, २५९ थप संक्रमि
पछिल्लो २४ घण्टाको अवधिमा  प्रदेश १ मा  २५९ जना कोरोना संक्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ९९ महिला र १६० पुरुष छन्  । सोमबार थपिएका संक्रमितमा  सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुई दुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश  बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 
प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा सोमबार एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर  परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ