arrow

अर्बौंका मालिक शाहरुख बारे जान्नै पर्ने १० कुरा

५५ औं बर्षमा शाहरुख

logo
प्रकाशित २०७७ कार्तिक १७ सोमबार
Shahrukh-KhanS.jpg

काठमाडौं ।  शाहरुख खानलाई बलिउडको किङ्ग भनिन्छ । बलिउडको 'बादशाह' भनेर चिनिने शाहरुख खानको जन्म २ नोभेम्बर १९६५ मा दिल्लीमा भएको थियो। सोमबार शाहरुख आफ्नो ५५ औं जन्मदिन मनाइरहेका छन् । उनको जीवनी हरेक मानिसलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । जुन स्टारडमको मानिसहरु कल्पना पनि गर्न सक्दैनन् शाहरुख आज त्यो स्थानमा रहेका छन् । उनका प्रशंसकहरू भारत मात्र नभइ विश्वभर छन् । बलिउडको किंग खान भनिने शाहरुखको जीवन खुला किताब जस्तै छ। शाहरुखको जन्मदिनको अवसरमा १० रोचक कुरा ...

शाहरुखको सानैदेखि अभिनयप्रति झुकाव थियो। धेरै स्टेज कार्यक्रममा उनी त्यो समयका कलाकारहरुको अभिनय गर्थे। उनको सधैं प्रशंसा गरिएको थियो। पछि शाहरुखले ब्यारी जोन एकेडेमीबाट अभिनयको शिक्षा प्राप्त गरे।

बाल्यावस्था देखिनै उनको अभिनेत्री अमृता सिंहसँग मित्रता थियो । जो पछि मुम्बई आएर फिल्ममा काम गर्न लागिन् ।

हंसराज कलेज दिल्लीबाट स्नातक डिग्री हासिल गरेपछि शाहरुखले जामिया मिलिया विश्वविद्यालयबाट स्नातकोत्तर गरे। तर पढाइ पुरा गर्नु अघि उनी अभिनयको संसारमा प्रवेश गरे।

शाहरुख खानले १८ वर्षको उमेरमै गौरीलाई मन पराए। त्यस समयमा गौरी १४ वर्षकी मात्र थिईन्। उनले पागल जस्तो गौरीलाई चाहे र दिल्लीबाट मुम्बईसम्म पुगे।

मुम्बई आइसकेपछि शाहरुखले टिभीमा 'सर्कस' र 'फौजी' जस्ता सीरियलमा काम गरे। हिन्दी चलचित्रमा उनले फिल्म 'दीवाना' बाट कदम राखे। शाहरुखले 'दीवाना' भन्दा पहिले 'दिल आशना है' को शूटिंग पूरा गरेका थिए।

फिल्म बाहेक शाहरुख खान टिभीमा पनि सक्रिय थिए। उनले 'केबीसी', 'क्या आप पांचवीं पास से तेज हैं?', 'जोर का झटका' जस्ता रियलिटी शोमा प्रस्तोता रहे।

शाहरुख खान कुनै पनि फिल्मको लागि करोडौं रूपैया लिन्छन्। आफ्नो निजी जेटको स्वामित्वमा रहेका किंग खानको ब्रान्ड एन्डोरेसमेन्टदेखि लिएर आफ्नै व्यवसाय छ।

हाल शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाँको सम्पती रहेको छ । शाहरुखसँग अहिले आफ्नै क्रिकेट टिम छ । शाहरुखसँग आफ्नो नीजि विमान रहेको छ । आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको छ ।  सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।

शाहरुखले ६ बर्षको सम्बन्ध पछि अक्टुबर २५, १९९१ मा गौरी छिब्बर (गौरी खान) सँग विवाह गरे। उनीहरुका तीन बच्चाहरु आर्यन, सुहाना र अब्राम छन्।

आफ्नो कमाईका कारण शाहरुख खानको नाम फोर्ब्स सूचीमा समावेश गरिएको छ। किंग खानले संसारभरि विभिन्न ठाउँमा लगानी गरेका छन। मुम्बई बाहेक उनीसँग युके, दुबई लगायतका धेरै देशहरूमा सम्पत्ति छ। उनको सबैभन्दा महँगो सम्पत्ति 'मन्नत' मानिन्छ।

राजमहल जस्तो मन्नत 
कुनै समय पारसी परिवारको स्वामित्वमा रहेको मन्नतलाई शाहरुखले किनेका थिए। शाहरुख खानको घर 'मन्नत' कुनै राजमहलभन्दा कम छैन। मन्नत मुम्बईमा रहेका सुपरस्टारहरु मध्ये सबैभन्दा राम्रो घरहरूमा एक हो। शाहरुख खानको घर मन्नत मुम्बईको बान्द्रा इलाकामा बैडस्टैंडमा समुद्र किनारमा रहेको छ । घरको बाल्कनीबाट टाढासम्म  समुन्द्रको दृश्यपान गर्न सकिन्छ ।

पारसी परिवारले बनाएको उक्त घर शाहरुखले ३२० करोड नेपाली रुपैयाँमा किनेका थिए । बंगला 'मन्नत' शाहरुख खानकी पत्नी गौरी खानद्वारा डिजाईन गरिएको छ। यस घरको प्रत्येक कुना गौरीले एकदम विलासी ढंगले सजाएकी छन्।

घर १९२० मा बनाइएको थियो। त्यस समयमा यसको नाम विला भियना राखिएको थियो । वर्षौंपछि शाहरुखले यो सुन्दर बंगला किने र नाम दिए मन्नत। मन्नत पहिले गुजराती मुलका पारसी किकु गांधीको थियो । जसलाई शाहरुख खान केवल एक छिमेकीको रूपमा चिन्थे।

शाहरुख खानले सन् २००१ मा यस बंगलालाई किने । किंग खानले २६ हजार ३ सय २८.५२ वर्ग फुटमा फैलिएको भिला भियनालाई २१.२७ करोड नेपाली रुपैयाँमा दिएर खरिद गरेका थिए । अहिले यसको लागत ५११ करोड नेपाली रुपैयाँ बताइएको छ ।

 शाहरुख खान यस बंगलाको नाम जन्नत राख्न चाहन्थे, तर पछि उनले त्यसको नाम मन्नत राखे। यस घरमा धेरै फिल्महरू शूट गरिएको छ। सनी देवलको फिल्म 'नरसिम्हा' को क्लाइमेक्स शूट यस घरमा भएको थियो।  शाहरुख खानको फ्यानको केही हिस्सा उनकै घरमा सुटिङ गरिएको थियो । यो चलचित्रमा उनको दोहोरो भूमिका रहेको थियो । शाहरुख बनेर दोस्रो व्यक्ति उनको घरमा पस्ने सिन छ ।

यसरी पाए पहिलो चलचित्र
 शाहरुखलाई शीर्ष स्थानमा पुर्‍याउन उनको मेहनतको अहम भूमिका रहेको छ ।  शाहरुख खानको पहिलो फिल्म 'दीवाना' २५ जुन १९९२ मा ठूलो पर्दामा रिलीज भयो। दोस्रो लीड भएता पनि शाहरुखले सबैलाई आफ्नो 'दीवाना' बनाए। यो फिल्म ब्लकबस्टर साबित भयो र यसबाट फाइदा पनि भयो। यस फिल्ममा ऋषि कपूर र दिव्य भारतीले शाहरुख खानको साथ मुख्य भूमिकामा अभिनय गरेका थिए।

'दीवाना' राज कंवार निर्देशित थिए। यो शाहरुख खान मात्र नभई निर्देशकका रूपमा राज कंवरको पहिलो फिल्म थियो। 

चलचित्र 'दीवाना' शाहरुखको करियरमा टर्निग पोइन्ट साबित भएको थियो ।  सो चलचित्रको  अभिनेता शाहरुख नभएर अरमान कोहली थिए । 'दीवाना' मा कोहली र दिव्या भारतीको जोडि लिइएको थियो । अरमान उक्त चलचित्रको लागि पोस्टरको फोटोशूटसम्म गरेका थिए ।  यहाँसम्म कि चलचित्रको पहिलो शेड्यूल अनुसार उनले शूट पनि गरे । तर, कुनै कारण बस अरमानले सो चलचित्र छोड्नु पर्‍यो ।

अरमानले बिचैमा चलचित्र छोडेपछि निर्देशक राज कवरको हैरान भए र उनले चलचित्र 'दीवाना' को लागि शाहरुख खानसँग सम्झौता गरे ।  त्यसपछि चलचित्रले आफै इतिहास रच्यो । चलचित्र सुपरहिट भयो र शाहरुख सुपरस्टार बने। उनको र दिव्या भारतीको जोडिलाई पनि दर्शकले खुव रुचाए ।

फिल्ममा शाहरुख मध्यान्तरपछि आउँछन्। त्यो भन्दा पहिले ऋषि कपूर र दिव्य भारती मात्र स्क्रिनमा हावी छन्।  दिव्या भारतीको भूमिका माधुरी दीक्षितलाई पहिले दिइएको थियो तर व्यस्त तालिकाका कारण उनले यो फिल्म गर्न सकिनन्। शाहरुख खानले यस फिल्मको लागि फिल्मफेयरमा सर्वश्रेष्ठ डेब्यू अवर्ड प्राप्त गरे। सोही समयमा दिव्या भारतीलाई फिल्ममा सेंसेशनल डेब्यू बाट सम्मानित गरियो।

 तर अर्को एक सत्य पनि छ शाहरुख आज यती ठुलो स्टार बन्नुमा केहि मानिसहरुको हात रहेको छ । शाहरुखको मेहनतसँगै उनले पाउने सपोर्ट र शुभचिन्तकको  शुभकामनाले उनि यहा पुगेका हुन् ।

चलचित्रमा शाहरुखलाई ल्याउने श्रेय बलिउडकी ड्रीमगर्ल हेमा मालिनीलाई जान्छ । जसले चलचित्र 'दिल आशना हे'  बाट शाहरुखलाई ल्याइन् । तर हरुखलाई सुपरस्टार बनाउने श्रेय अरमान कोहलीलाई जान्छ ।

 शाहरुखलाई हेमा मालिनीले पहिलो चलचित्र दिइन् । तर त्यो भन्दा पहिले शाहरुखको दोस्रो चलचित्र 'दीवाना' रिलीज भयो । चलचित्र सुपरहिट रह्यो र यसै चलचित्रको सफलतापछि शाहरुखले 'बाजीगर' र 'डर' जस्ता चलचित्र पाए । यी चलचित्रले शाहरुखलाई टप स्टार्सको रुपमा उभायो र कयौ अवार्ड पनि दिलायो ।

यसरी अरमान कोहलीको कारण शाहरुख खानले बलिउडमा स्टारडम बनाए । 'दीवाना' पछि शाहरुखले पुन : पछि फर्कीएर हेर्नु परेन । शाहरुख कयौ पटक विवादमा आए तर पनि उनको स्टारडम त्यसैगरी नै कायम रहेको छ, त्यस्तै अरमान कोहली अहिले पनि चलचित्रमा कदम राख्ने संघर्ष गर्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ