arrow

सिंहदरबारभित्र बन्दै गरेको संसद भवन

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
New-samsadbhawaban.jpg

काठमाडौँ । काठमाडौँको सिंहदरबारभित्र संघीय संसदको नयाँ भवन  निर्माण भइरहेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ संघीय संसद भवन निर्माण कार्य भइरहेको छ । १ सय ७३ रोपनी ८ आनामा निर्माण हुने संसद् भवन निर्माणका लागि  शहरी विकास तथा भवन निर्माण विभागले भ्याटबाहेक ५ अर्ब ३ करोड रुपियाँमा ठेक्का सम्झौता गरेको छ। 

संसद् भवन निर्माणस्थलमा आठ मुख्य र चार सहायक गरी १२ भवनको निर्माण शुरू भएको छ। भवनको डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी तयार गरिएको छ। सुविधासम्पन्न र आधुनिक ढंगले निर्माण हुन लागेको संसद् भवन देशको पहिचान र मौलिकता झल्कने गरी निर्माण हुनेछ।

भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको छ। परिसरको ६० प्रतिशत क्षेत्रमा खुला हरियाली चौर, बगैंचा, पानीको फोहरालगायत रहनेछ भने बाँकी स्थानमा विभिन्न पूर्वाधार रहनेछ। संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुनेछ भने तीबाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने गरी डिजाइन गरिएको छ।

नयाँ बन्ने संसद् भवनमा अत्याधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकनेछ। भवनको मूल ढोका दक्षिणतर्फ रहनेछ भने संसद्को प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट रहनेछ। दक्षिण–पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि गेट रहने गरी डिजाइन गरिएको छ।

प्रतिनिधिसभा भवनमा चार सय जना अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहनेछ। सो भवनमा तीन सय जना अटने हल हुनेछ, जुन हलमा पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र दुई सय जना अट्ने अर्को हल हुने गरी डिजाइन गरिएको छ। राष्ट्रिय सभा भवनमा एक सय अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभाध्यक्षको कक्ष रहनेछ। साथै भवनमा दुई सय जना हट्ने बाल्कोनी र तीन सय अट्ने अर्को हल रहनेछ।

हाल संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा भवन अभावका कारण नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा सञ्चालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ