arrow

स्याङ्जा समाज युके र क्यान युकेद्वारा संयुक्त रुपमा मास्क र सेनिटाइजार बितरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
can-uk-shyanja.jpg

बेलायत । देश बिदेशमा रहेका नेपालीहरुलाई आपत बिपतको समयमा राहत बितरण गर्दै आइरहेको स्याङ्जा समाज युकेले बेलायतमा रहेको गोर्खा कम्युनिटीलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिएको छ । समाजले आइतवार अल्डरशटको शिव कल्चरल सेन्टर र गुम्बामा पुगी कोरोनाभाइरसबाट बच्नको निम्ती अपनाइने सुरक्षा कवच भित्र पर्ने मास्क र सेनिटाइजर हस्तान्तरण गरेको छ । स्याङ्जा समाजको अगुवाईमा सम्पन्न भएको उक्त कार्यक्रमको संयोजन एलबिजेड गुरुङले गरेका थिए।

स्याङ्जा समाज युकेका अध्यक्ष सरदा गुरुङ र क्यान युकेका संयोजक डा बलराम ढकालको नेतृत्वमा उक्त कार्यक्रम भएको थियो । स्याङ्जा सहयोग समाजका अध्यक्ष शारदा गुरुङले यस्ता परोपकारी काम निरन्तर जारी रहने बताउँदै बाढी पहिरोबाट स्याङजामा पीडित हुनेहरुलाई पठाएको सहयोगको ठीक समयमा ठीक व्यक्तिले पाएको पनि बताए ।

बेलायतमा सबै नेपाली एक भन्ने हेतुका साथ सम्पूर्ण गोर्खा समुदायलाई मास्क र स्यानिटाइजर बितरण गर्न पाउँदा सम्पूर्ण स्याङ्जा समाज युके गौरवान्वित भएको समाजले जनाएको छ । बेलायतको बिभिन्न ठाउँहरूमा पुगेर समुदायहरूसँग सहकार्य गरी कोविड १९ बाट प्रभावित अल्डरसट, केन्ट (आसफोर्ड, फोकस्टोन), लन्डन (ह्रेरो), बेजिङस्टोक, टिडवर्थ, ननिटन लगायत अन्य ठाउँहरूमा बुवाआमाहरुको लागि करीब २५ हजार थान मास्क र ५ हजार सेनिटाइजरहरु वितरण गरेको क्यान युकेले जनाएको छ । क्यान युके र स्याङ्जा समाज युकेको लामो समयदेखी सहकार्य गर्दै आइरहेको छ ।

परोपकारी कार्य जारी रहने बताउदै अध्यक्ष शारदा गुरुङले बेलायतमा बसोबास गर्ने सम्पूर्ण स्याङ्जाली समुदायलाई स्याङ्जा समाज युकेको सदस्यता लिन आग्रह पनि गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ