arrow

बाँकेमा बिप्लब समूहका तीन कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
banke4.jpg

नेपालगञ्ज । बाँके प्रहरीले नेत्र विक्रम चन्द विप्लब समूहका तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित नेकपा (विप्लव) समूहले बाँके जिल्लामा बिभिन्न गतिविधि संचालन गर्न लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भरत विक, राम बहादुर तिरुवा र डिबी शाही भन्ने डम्बर बहादुर शाहीलाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ