- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।
संसदीय दलको विधान बमोजिम संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए। हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।