arrow

महरा पत्नीको निधनबाट सभामुख मर्माहत

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
sita-mahara-krishna-bahadur.jpg

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन्, “स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्किने विश्वास थियो । तर, बुधबार बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।”

महरा पत्नीको बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ