arrow

सुरक्षा मापदण्ड अपनाएर कक्षा ११ को परीक्षा लिईदैं

logo
राम धामी,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
class-11.PNG

डडेल्धुरा । कोरोना भाइरस महामारीको सन्त्रासकाबीच स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्वन गरेर डडेल्धुरा जिल्लाका माध्यामिक विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिईन थालिएको छ । 

महामारीको सन्त्राससँगै कक्षा ११ को परिक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीहरुलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराईन थालिएको छ । कक्षा ११ को वार्षिक परिक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७ अनुसार डडेल्धुराका विद्यालयहरुले कक्षा ११ को परीक्षा शुरु गरेको जनाएका छन् ।

कार्यविधि अनुसार परिक्षा तालिका सार्वजनिक गरेर डडेल्धुराका अधिकाँस विद्यालयहरुले परिक्षा सञ्चालन गरेका हुन । डडेल्धुरा जिल्लाका ३३ माध्यामिक विद्यालयमध्ये अजयमेरु गाउँपालिकामा रहेका बालकल्याण माध्यामिक विद्यालय र भद्रपुर माध्यमिक विद्यालयले कातिक १७ गतेबाट परिक्षा सञ्चालन गरेका थिए भने जिल्लाभरिका थप १७ माध्यामिक विद्यालयहरुले विहीबारदेखि परीक्षा सञ्चालन गर्न तालिका सार्वजनिक गरेका थिए ।

 १७ वटा माध्यामिक विद्यालयहरुले कक्षा ११ को परीक्षा सञ्चालन गर्न राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई बुझाएको तालिका  अनुसार बिहीबारदेखि मर्यादित किसिमले परीक्षा सञ्चालन भइरहेको कार्यालय प्रमुख नारदप्रसाद जोशीले बताए । कक्षा ११ को परिक्षा सञ्चालन कार्यविधि २०७७ अनुसार विद्यालयहरुले आफूलाई पायक पर्ने समयमा परिक्षा सञ्चालन गरिरहेको जोशीले जानकारी दिए । 

जिल्लाका अधिकांस विद्यालयहरुले कातिक २० गतेबाट परिक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेका थिए । लामो सयमसम्म कोरोनाका कारण विद्यालयमा पठनपाठन गर्न नपाएका विद्यार्थीहरु एकाएक परीक्षा हलमा उपस्थित हुँदा विद्यार्थीहरुको कमजोर मनस्थिति देखिएको परीक्षा सञ्चालन गरिरहेको डडेल्धुराको सिमान्त परशुराम नगरपालिका–५ परिगाँउस्थित भुवनेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक डम्बरसिँह थ्वालले बताए । उनले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर कोरोना महामारीका बीच परीक्षा सञ्चालन भइरहेको जानकारी दिए ।

महामारीका कारण कोर्ष नै पूरा नभई विना तयारी परीक्षा दिई रहेका विद्यार्थीहरुको नतिजाका बारेमा अभिभावकहरु चिन्तित देखिन्छन् । साधारणतर्फका विद्यार्थीहरु भन्दा प्राविधिक धारतर्फको परीक्षा दिने विद्यार्थीहरुलाई बढी समस्या देखिएको परीक्षार्थीहरुको गुनासो छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाहरु बाजुराका २२ वटा मावि,बझाङ्गका ४८ मावि, अछामका ३८ मावि, डोटीका ३५ मावि डडेल्धुरा ३३ वटा मावि बैतडीका ६३ वटा मावि र दार्चुलाका २७ गरि कुल दुई सय ६६ वटा माध्यामिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयले बिहीबारदेखि परिक्षा सञ्चालनका लागि कार्यतालिका सार्वजनिक गरेको जानकारी राष्ट्रिय परिक्षा बोर्ड शाखा कार्यालय डडेल्धुरालाई जानकारी गराएको सो कार्यालयले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ