arrow

इन्डोनेसियामा शक्तिशाली भूकम्प

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
indonesia.jpg.jpeg
जकार्ता । बिहीबार बिहानीपख पश्चिमी इन्डोनेसियमा शक्तिशाली भूकम्प गएको समाचार छ । 
 
पश्चिमी इन्डोनेसियालाई केन्द्रबिन्दु बनाएर बिहीबार बिहानीपख सो भूकम्प गएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । 
 
उक्त भूकम्प ६.५ रिक्टर स्केलको मापन गरिएको सो संस्थाले जानकारी दिएको छ । यस भूकम्पबाट केही व्यक्ति घाइते भई अस्पताल पुर्‍याएको बताइएको छ । 
 
तर यसबाट मानवीय क्षतिको कुनै समाचार भने प्राप्त भएको छैन । पश्चिमी इन्डोनेसियालाई नै सन् २००९ मा गएको भूकम्पबाट एक हजार भन्दा बढी व्यक्तिको ज्यान गएको थियो । 
 
यस प्रकोपपछि सुनामीको चेतावनी भने आएको छैन । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ