arrow

उत्तर कोरियाले नटेरेकोमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपित्त

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
Barack_Obama_chairs_a_United_Nations_Security_Council_meeting.jpg.jpeg
संयुक्त राष्ट्रसंघ । उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको क्षेप्यास्त्र परीक्षणको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले विरोध गरेको छ । 
 
दक्षिण कोरियाको सैनिकले पनि उत्तर कोरियाले गत मङ्गलबार मात्र गरेको पछिल्लो क्षेप्यास्त्र परीक्षण असफल भएको जनाएको थियो । 
 
तर संयुक्त राष्ट्रसंघको यस सुरक्षा परिषदले भने पछिल्लो समयमा उत्तर कोरियाले थप दुई पटकसम्म पनि यस्तो परीक्षण गरेको र असफल भएको पाइएको जानकारी दिएको छ । 
 
सो परिषदले उत्तर कोरियाले गएको अप्रिल महिनाको २७ र २८ तारिखमा पनि क्षेप्यास्त्र परीक्षण गरेको र ती असफल भएको सूचना प्राप्त गरेको बताएको छ । 
 
त्यसैगरी गत मङ्गलबार अर्थात मे १ मा त्यस्तो अर्को परीक्षण गरेको जानकारी दक्षिण कोरियाले दिएको थियो । दक्षिणको यो जानकारी सार्वजनिक भएपछि पनि उत्तर कोरियाको विरोध सुरु भएको थियो । 
 
यी परीक्षणहरुबाट उत्तर कोरियाले आफ्नो अन्तर्राष्ट्रिय समुदायसँग जाहेर गरेको प्रतिबद्धताको उल्लङ्घन गरेको भन्दै यी परीक्षणहरुको कडा शब्दमा निन्दा गरेको छ । 
 
अज्ञात रुपमा नै उत्तर कोरियाले मे २८ मा गरेको मध्यमदुरीको क्षेप्यास्त्र परीक्षण असफल भएको पाइएको पत्ता लागेको दक्षिण कोरियाली सेनाले जनाएको थियो 
। 
 
मङ्गलबार बिहान साढे पाँच बजेमात्र उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वानसनबाट बिहान यस्तो परीक्षण गर्न लागेको र त्यो असफल भएको पाइएको बताएको हो । 
 
विश्वका विभिन्न १५ राष्ट्र सम्मिलत संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बुधबार बसेको बैठकले उत्तर कोरियाको यो कदमले राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको ठाडो उल्लङ्घन गरेको पाइएको भन्दै उत्तर कोरियामाथि कडा कारबाही गरिनुपर्ने जनाएको छ । 
 
उत्तरले कोरियाले गत वर्षको जुन महिनादेखि पटक पटकसम्म क्षेप्यास्त्र परीक्षण गरी विवादमा आएको छ । त्यसमध्ये यसअघिको अर्को एक परीक्षण पनि असफल भएको बताइएको थियो । 
 
 
कोरियाको सत्तारुढ दल वर्कस् पार्टी अफ कोरियाको सातौँ कंग्रेसको सम्बोधनका क्रममा उत्तर कोरियाली नेताले आफूले निशस्त्रीकरणका लागि संसारमै सहयोग गर्ने बताएका थिए। 
 
त्यस्तै उनले दक्षिण कोरियासँग वार्ताको प्रस्ताव पनि गरे । तर पनि उत्तरको यसअघिको अविश्वासका कारण दक्षिण कोरिया सो प्रस्तावबाट सन्तुष्ट हुन सकेको छैन । 
 
गत मङ्गलबारको परीक्षणपछि दक्षिण कोरियाले उत्तरको कडा शब्दमा विरोध गरेको थियो । यी दुवै राष्ट्रले एक अर्काको सम्मान गर्नुपर्ने उत्तर कोरियाली नेताले उक्त कंग्रेसको बैठकका अवसरमा धारणा राख्नुभएको भएपनि सम्बन्धमा कुनै सुधार हुन भने सकिरहेको छैन । 
 
संयुक्त राष्ट्रसंघले गएको मार्च महिनामा पनि उत्तर कोरियामाथि नाकाबन्दीको घोषणा गरेको थियो । सो नाकाबन्दी अहिले पनि जारी नै छ । 
 
त्यसअघि पनि विभिन्न प्रस्तावहरु उत्तर कोरियाकै नाममा पारित गरिएका छन् । यसका कारण पनि विभिन्न देशले उत्तरमाथिको समबन्धमा विभिन्न प्रश्न गर्दै आएको जनाएका थिए । 
 
तर पनि उत्तरले आणविक क्रियाकलापहरुलाई निरन्तरता दिएको भन्दै यसका कारण उसमाथि समग्र अन्तर्राष्ट्रिय समुदायले नै प्रश्न उठाउने उक्त परिषदले जनाएको छ । 
 
बुधबार राति प्रकाशित एक विज्ञप्तिमा सुरक्षा परिषदले उत्तर कोरियाले आफ्ना नागरिकका कैयौं मागहरु पूरा गर्न नसकिरहेको अवस्थामा आणविक क्रियाकलापमा देशको स्रोत र सम्पत्तिको दुरुपयोग गरिरहेको भन्दै आपित्त जनाएको हो । 
 
दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ । 
 
तर मङ्गलबार बिहान गरेको भनिएको सो असफल क्षेप्यास्त्र परीक्षणका बरेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन । 
 
बारम्बारको सुरक्षा परिषदको ध्यानाकर्षण, आग्रह एवम् चासोका बाबजुद पनि उत्तर कोरियाले यसरी बेवास्ता गरी क्षेप्यास्त्र परीक्षण गर्नु भनेको स्वतन्त्र नागरिकका अधिकारको पनि हनन् हो भनेको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ