arrow

हेटौडाबाट स्याटेलाइट टेलिभिजन प्रशारण हुने

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
satellite1.jpg

वागमती। वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन  प्रशारण हुने भएको छ। करिब रु ५ करोडको लागतमा  सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत  प्राप्त भइसकेको बताइएको छ।

श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट  टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ। टेलिभिजनका प्रबन्ध निर्देशक  उज्जवल चौलागाईँले   तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी  तयारी भएको जानकारी दिए।

उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने  बताउनुभयो । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ