arrow

बोनी कपूरको चलचित्र १३ वर्षपछि रिलिज, नायिकाका दुई बच्चा, कपिल शर्मा पनि पर्दामा

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
film-its-my-life.jpg

काठमाडौं । बलिउड निर्माता बोनी कपूरले निर्माण गरेको एक चलचित्र निर्माणको १३ वर्षपछि बल्ल रिलिज हुने भएको छ । १३ वर्षको प्रतिक्षापछि ‘इट्स माइ लाइफ’ ले रिलिज डेट पाएको हो । यो फिल्म २९ नोभेम्बरमा सीधै टीभी च्यानल जी सिनेमामा रिलिज हुनेछ ।

१३ वर्षको अवधिमा कलाकारहरुको  जीवन निकै अगाडि बढिसकेको छ । नायिका जेनेलिया डिसूजाले विवाह गरेर २ जना बच्चा जन्माइसकेकी छिन् । नायक हरमन बावेजाले कलाकारिताबाट लगभग रिटायर्डमेन्ट लिइसकेका छन् । 

हरमनका बाबुको भूमिकामा रहेका नाना पाटेकर पनि मी टूको शिकार भएसँगै कलाकारिता क्षेत्रबाट टाढै छन् । यो फिल्मको सुटिङ सन् २००७ मै सकिएको थियो ।

अनिस बज्मीको निर्देशनमा बनेको यो फिल्म तेलुगु फिल्म ‘बोम्मारिल्लू’ को हिन्दी रिमेक हो । जसका बोनी कपूर निर्माता हुन् । 

अज्ञात कारणले यसको रिलिज रोकिएको थियो । यो फिल्ममा कमेडियन कपिल शर्माको पनि छोटो भूमिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ