arrow

ग्लोबल गोरखा समाज,अन्तराष्ट्रिय समन्वय परिषदको कार्य समितीले पायो पूर्णता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
global-gorkha-samaj.jpg

काठमाडौं । विश्वभर छरिएर रहेका गोर्खालीहरुको साझा संस्था ग्लोबल गोरखा समाज, अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो महाधिवेशन सकिएको ३ हप्ता भित्रै कार्य समितीले पूर्णता पाएको छ । विनय अधिकारीको नेतृत्वमा यहि अक्टोबर १७ तारिखका दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ग्लोबल गोरखा समाजको निर्वाचन भइ सोहि दिन पदाधिकारीहरु र सदस्यहरुको टुंगो लागेको थियो ।

सामाजिक क्षेत्रमा संक्रिय रुपमा काम गरि रहेका गोर्खालीहरुको विभिन्न देशबाट पहिचान भए पश्चात मनोनित गर्नुपर्ने कोटाबाट शनिवार ग्लोबल गोरखा समाजको कार्यसमितिले मनोनित गरेको छ। बैठकले गोरखा समाज जापानबाट गोरखा समाज जापानका सचिव विराट बाबु खनाललाई सचिवमा मनोनित गरेको छ । मनोनित भएका सचिव खनाललाई “आचरण तथा अनुशासन विभाग” संयोजक पदमा पनि ज़िम्मेवारी दिएको छ । त्यसैगरी सचिव पदमा गोरखा समाज युकेबाट एनआरएनए यूकेका सह-कोषाध्यक्ष, सकुन्तला गुरुङ मनोनित भएकी छिन् । समाजको कार्यसमिति सदस्यमा गोरखा समाज जापानको तर्फबाट मोती गुरुङग, प्रकाश बस्ताकोटि अष्ट्रेलिया, प्रताप बगाले माल्टा, रामचन्द्र ढकाल यूएई, उर्मिला घले हङकङ, मनिश भट्ट स्पेन, किरण बहादुर गुरुङ मलेसिया, खोप गुरुङ कुवेत ,पदम गुरुङ बहराइन, देव प्रसाद अधिकारी बहराइन मनोनित भएका छन्।

ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेकोछ। समाजले एनआरएनए पूर्व अध्यक्ष भवन भट्टलाई प्रमुख संरक्षक मनोनित गरेको छ भने संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त, एनआरएनए संरक्षक रामप्रताप थापा, सामाजिक अभियान्ता डा.विष्णुमाया परियार, ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ, एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछानेलाई मनोनित गरेकोछ।

समाजले आफ्नो सल्लाहकार सदस्यमा पनि यो भन्दा पहिलो बैठक बाट १६ सदस्यीय सल्लाहाकार मण्डल गठन गरेको भएपनि आजको बैठकले मात्र पुर्णता पाएको छ। सल्लाहकार मण्डलमा मनोनित हुनेहरुमा क्रमश डा. रागब धिताल, डा. प्रदिप वाग्ले, डा. ठाकुर भट्टराई, डा. कुमोद धिताल, निर्मल अर्याल, डिल्ली ढकाल, विकल चन्द्र आचार्य, बुद्दबल गुरुङ, राकेश श्रेष्ठ, पितम गुरुङ, तिल कुमारी गुरुङ, ठाकुर दाहाल, मनिश अमात्य, मोहमद रमजान अलि मियाँ, इन्द्र बहादुर गुरुङ, चुडामणी भट्टराई रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ