arrow

गण्डकीमा कोरोना संक्रमितको संख्या नौ हजार नाघ्यो, एक सय तीनको मृत्यु

मनाङमा सक्रिय संक्रमित ‘शून्य’, मुस्ताङमा चार जना 

logo
हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
gandaki-province-pradesh.jpg

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या नौ हजार नाघेको छ । शनिबार साँझ ७ बजेसम्ममा गण्डकीमा नौ हजार १७ जना सक्रमित पुगेको स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरणमा उल्लेख छ ।

यस्तै गण्डकीमा ४८ सय ५२ जना संक्रमित निको भएको बताइन्छ । यस प्रदेशका सक्रिय संक्रमितको संख्या चार हजार ६२ जना रहेका छन् । गण्डकीमा हालसम्म ९४ हजार ८८६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जसमा ८५ हजार ८६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म १०३ जनाको मृत्यु भएको छ ।

शनिबार मात्रै थपिए २७८ जना
गण्डकी प्रदेशमा आज शनिबारमात्रै २७८ जना संक्रमित थपिएका छन् । जसमा पोखरामा मात्रै १८६ जना भेटिए । यस्तै गोरखामा ३१, , बाग्लुङमा १०, तनहूँमा २८, लमजुङमा १०, नवलपरासी पूर्वमा छ, स्याङ्जामा पाँच र पर्वतमा दुई जना संक्रमित भेटिएको निर्देशनालयले जनाएको छ ।

यस प्रदेशमा आजमात्रै तीन जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ९३८ जनाको पिसिआर परीक्षण गरिएकोमा ६६० जनाको नेगेटिभ आएको डा। शर्माले बताए । उनका अनुसार आज १७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

कास्कीमा मात्रै २५ सय भन्दा बढी सक्रिय संक्रमित
कास्कीको पोखरामा संक्रिय संक्रमितको संख्या २५ सय ५२ जना रहेका छन् । कास्कीमाम कूल ३३ सय ९९ जना संक्रमित भएकोमा ८०९ जना निको भएका छन् । कास्कीमा हालसम्म ४२ जनाको मृत्यु भैसकेको छ ।

यसैगरी कास्की पछि धेरै सक्रिय संक्रमित रहेको जिल्ला नवलपरासी पूर्व रहेको छ । यस जिल्लामा ५०९ जना सक्रिय संक्रमित रहेका छन् । यस जिल्लामा १८ सय ७२ जना संक्रमित भेटिएकोमा १३ सय ४४ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।

यस्तै लमजुङमा सक्रिय संक्रमितको संख्या ५७ जना रहेको छ । यस जिल्लामा ५७५ जना संक्रमित भेटिएकोमा ५१७ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

यता, गोरखामा ३१४ जना सक्रिय संक्रमित रहेका छन् । यस जिल्लामा ५६९ जना संक्रमित भेटिएकोमा २४७ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

तनहूँमा पनि सक्रिय संक्रमितको संख्या ३१८ जना रहेका छन् । तनहूँमा ९५४ जना संक्रमित भेटिएकोमा ६२२ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

यसैगरी स्याङ्जामा सक्रिय संक्रमितको संख्या ८६ जना रहेको छ । स्याङ्जामा ५८४ जना संक्रमित भेटिएकोमा ४९० जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।

२१४ जना संक्रमित भेटिएको पर्वतमा १५३ जना निको भउका छन् । यस जिल्लामा ६० जना सक्रिय संक्रमित छन् भने आठ जनाको मृत्यु भएको छ । यस्तै बाग्लुङमा पनि सक्रिय संक्रमितको संख्या १२३ जना रहेका छन् । 

यो जिल्लामा ७२० जना संक्रमित भेटिएकोमा ५८९ जना निको भएका छन् भने आठ जनाको मृत्यु भएको छ ।
यस्तै म्याग्दीमा सक्रिय संक्रमितको संख्या ३९ जना रहेको छ । म्याग्दीमा ११६ जना संक्रमित भेटिएकोमा ७५ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट हालसम्म एक जनाको पनि मृत्यु नभएको जिल्लामा मुस्ताङ र मनाङ रहेका छन् । यी दुई जिल्लामा सक्रिय संक्रमितको संख्या पनि ज्यादै न्यून छ ।

मनाङमा सक्रिय संक्रमित छैनन् भने मुस्ताङमा चार जना मात्रै रहेका छन् । मनाङमा नौ जना संक्रमित भेटिएकोमा नौ जना नै निको भएका छन् भने मुस्ताङमा पाँच जना संक्रमित भेटिएकोमा एक जना मात्रै निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ