arrow

पर्यटन र वैकल्पिक ऊर्जामा लगानी गर्न चेक इच्छुक

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
czech.jpg.jpeg
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपाल र चेकबीचको व्यापार तथा लगानी वृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्न राजदूत एलान होभोर्कलाई आग्रह गरेको छ । 
 
नेपालका लागि गणतन्त्र चेकका नवनियुक्त राजदूत एलानसँग चेम्बर अध्यक्ष अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतको टोलीले आज गरेको भेटघाटमा अध्यक्ष श्रेष्ठले राजदूत एलानको कार्यकालमा दुई देशबीचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 
 
सो अवसरमा राजदूत एलानले नेपालमा व्यापार, लगानी, पर्यटन वैकल्पिक ऊर्जालगायत प्रविधि प्रवद्र्धनमा चेकको निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउनुभएको चेम्बरले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ