arrow

उत्तरपश्चिमी पाकिस्तानमा चट्याङबाट तेह्रको मृत्यु

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
Pakistan-Flag.jpg.jpeg
इस्लामावाद । पाकिस्तानको राजधानी इस्लामावाद र उत्तरपश्चिमी राज्य खैबरमा चट्याङका कारण बुधबार १३ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले बताएका छन् । 
 
बुधबारको भीषण वर्षा र यसपछिको चट्याङमा परी अरू दर्जनौँ व्यक्ति सख्त घाइते भएको बताइएको छ । 
 
खैबर क्षेत्रको लगभग बाहिरी भागको विभिन्न स्थानमा बुधबार दिउँसोको भीषण वर्षा र चट्याङबाट सो दुर्घटना भएको हो । त्यस दुर्घटनामा परी घाइते भएका कैयौँ व्यक्तिलाई अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ । 
 
पाकिस्तानको समा समाचार समितिले दिएको जानकारीअनुसार चट्याङबाट बुधबार राति पनि ठूलो क्षति पुगेको बताइएको छ । यसका कारण रुख ढलेका छन् भने पार्किङ गरी राखिएका दर्जनौँ सवारी साधन पनि ध्वस्त भएका छन् । 
 
चट्याङ्बाट इस्लामावादमा तीन र खैबरमा १० जनाको ज्यान गएको छ । उक्त राज्यका विभिन्न भागमा मेघगर्जनसहित विगत दुई दिनदेखि अविरल वर्षा भइरहेको र आगामी २४ घण्टा मौसममा सुधार नआउने बताइएको छ । 
 
पाकिस्तानका विभिन्न क्षेत्रमा पछिल्लो समयमा भीषण वर्षाले गर्दा नराम्रो क्षति पुर्‍याएका समाचारहरु आउने गरेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ