arrow

भारतद्वारा नेपाललाई २८ वटा आइसीयु भेन्टिलेटर प्रदान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
binaya-mohan-kwatra-bhanubh.jpg

काठमाडौं। कोभिड १९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई थप सहयोग गर्न भारत सरकारले हात बढाएको छ । यसै सन्दर्भमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आइतवार २८ वटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेका छन्। 

यसअघि भारतले नेपाललाई वैशाख १० गते प्यारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्री, जेठ ४ गते कोभिड–१९ परीक्षण कीट (आरटी–पिसिआर), श्रावण २५ गते आइसीयु भेन्टिलेटर र भाद्र ३० गते रेमडेसिभिर औषधी प्रदान गरेको थियो।

हस्तान्तरण समारोहमा राजदूत क्वात्राले कोभिड–१९ महामारी विरुद्धको लडाईमा सफलता हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग भारतको अटूट साथ रहेको कुरा दोहोर्‍याएका थिए। साथै, उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको कुरामा जोड दिए । 

स्वास्थ्यमन्त्री ढकालले कोभिड १९ बिरुद्धको लडाईमा निरन्तरको सहयोगको लागि भारत सरकारलाई धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ