arrow

युरो-कोपा: मैत्रीपुर्ण खेलमा ईङल्याण्ड र मेक्सिको बिजयी

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
England_portugal.jpg.jpeg
काठमाडौं। युरो २०१६ र कोपा अमेरिका २०१६को शुरुवातको पुर्वसन्ध्यामा प्रतियोगिताको तयारीका निम्ती अनत्राष्ट्रिय मैत्री फुटबल खेल हरुमा ईङल्याण्ड र मेक्सिको बिजयी भएका छन्।
 
युरो २०१६को तयारीको अन्तिम खेलमा ईङल्याण्डले पोर्चुगललाई १-० गोलले पराजित गरेको हो। स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो बिना मैदानमा उत्रेको पोर्चुगलका खेलाडी ब्रुनो आल्भेसले ३५औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरिएका थिए। 
 
१० खेलाडीमा सिमित पोर्चुगलले ईङल्याण्डलाई ८५औं मिनेटसम्म ०-०को बराबरीमा रोक्न सफल भएको थियो। खेलको ८६औं मिनेटमा क्रिस स्मालिङले गोल गर्दै ईङल्याण्डलाई जित दिलाएका थिए। तयारीको अन्तिम खेलमा जित्दै ईङल्याण्डले आफ्नो तयारी सकाएको छ। 
 
उता कोपा अमेरिकाको तयारीमा जुटेको मेक्सिको र चिलीले मैत्रीपुर्ण खेल खेलेका छन्। मेक्सिकोले चिलीलाई १-० गोलले पराजित गरेको छ। मेक्सिकोका जावियर हर्नान्डेचले ८७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई जित दिलाएका हुन्। 
 
मेक्सिकोले पछिल्लो ७ खेलमा कुनै पनि खेलमा हार ब्योहोर्नु परेको छैन्। फर्ममा रहेको मेक्सिकोले यसपालीको कोपामा केही ठूला टोलीहरुलाई स्त्ब्ध पार्न सक्ने संभावना रहेको छ। 
 
गत बर्षको बिजेता चिलीलाई पराजित गरेपछि मेक्सिकोको मनोबल उच्च रहने छ भने उपाधि होडमा पनि उसले आफुलाई उभ्याएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ