arrow

प्रधानमन्त्री ओलीले किन ढाँटे आफूलाई कोरोना भाइरस लागेको ? 

logo
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
kp-sharma-oli-final.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लागेको ढाँटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पटक पटक गरेको कोरोना भाइरसको परीक्षणमा उनको नतिजा नेगेटिभ आएको बताउँदै आएका थिए । तर उनले मंगलबार दिउँसो सामाजिक संजाल ट्वीटरमा गरेको एक ट्वीटमा कोरोना लागेर निको भएको लेखिएको थियो । @kpsharmaoli बाट गरिएको ट्वीटमा उनले कोरोना भाइरस जितेको लेखेका थिए । 

उक्त ट्वीटमा लेखिएको थियो, ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुबै जना दंग...!

यो ट्वीट प्रधानमन्त्री ओलीले गरेको ट्वीट पक्कै हैन । र नत अहिलेसम्म प्रधानमन्त्री ओलीलाई कोरोना भाइरस लागेकै जानकारीमा आएको छ । निको हुनुभन्दा अघि राष्ट्रको कार्यकारीलाई कोरोना भाइरस लागेको जानकारी सर्वत्र हुने थियो । 

कस्को ट्वीट त ? 
प्रधानमन्त्री ओलीको अहिले ट्वीटर एकाउन्टमा यो ट्वीट हटाइएको छ । यो ट्वीट प्रधानमन्त्री ओलीले गरेको नभई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको ट्वीट थियो । थापाले हेल्चेक्र्याई गर्दा आफूले आफ्नो एकाउन्टबाट पोष्ट गर्नुपर्ने ट्वीटर पोष्ट प्रधानमन्त्री ओलीको एकाउन्टबाट पोष्ट भएको थियो । 

ओलीको आधिकारिक एकाउन्टबाट ट्वीट गर्दा थापाले आफू र मातृका पौडेलको तस्वीर पनि अपलोड गरेका थिए । पछि यही स्टाटस थापाले प्रधानमन्त्री ओलीको स्टाटसबाट हटाएर आफ्नो स्टाटसमा राखे । किनकि त्यो स्टाटस उनले आफ्नो एकाउन्टमा लेख्ने व्यक्तिगत प्रसङ्गको थियो । 

प्रधानमन्त्री ओलीको एकाउन्टबाट पोष्ट भएको भनाईका अन्तिम तीन शब्द काटेर थापाले आफ्नो एकाउन्टबाट पोष्ट गरे । यस्तो छ थापाले पोष्ट गरेको स्टाटस, ‘‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा...!

बढी दङ्ग हुँदा गरेको गल्तीले त्यही ‘दुवै जना दङ्ग भन्ने शब्द थापा हटाउन वाध्य भए । थापाले कसैले गरेको गल्तीको चर्को आलोचना गर्छन् । आफ्नो हैसियत बिर्सेर पनि अरुलाई गाली गर्ने गर्छन् । तर आफूले गरेको गल्तीको कुनै आत्मआलोचना गरेनन् । 

आफू गम्भीर नहुँदा केसम्म क्षति हुन सक्छ भन्ने कुराको अड्कल हुनु जरुरी छ । विशेष गरी राष्ट्रपति र प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय स्तरलाई सम्वोधन गरेर गर्ने सन्देशमूलक ट्वीटमा अंग्रेजी भाषामा धेरै नै गल्ती विगतमा भएको घटना छ । यस्तो गल्ती नगर्दा आफ्नो गरिमा बढ्थ्यो कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ