arrow

बर्दियाको भुरीगाउँबाट जनप्रतिनिधी सहितका १ दर्जन जुवाडेहरु पक्राउ

logo
सौरभ गिरी,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
police-arrest-juwade.jpg.jpeg

बर्दिया। बर्दियाको भुरीगाउँबाट प्रहरीले जुवाखालबाट १ दर्जन जुवाडेहरुलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भुरीगाउँको टोलीले मंगलबार दिउँसो ठाकुरबाबा नगरपालिका वडा नम्बर २ को निरक खड्काको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा नम्बर १ का मित्रलाल भण्डारी, ठाकुरबाबा नगरपालिका २ का बेत प्रकाश भण्डारी, सोही वडाकै क्रमशः खडक पुन, तिर्थराज खड्का, मनोज महतरा, खिमन बुढा, हरि थापा, निरक खड्का, पदमसिंह बिक र कमल रिजाल रहेका छन्।

पक्राउ पर्ने जुवाडेमा जनप्रतिनिधि अमर थापा, ठाकुरबाबा वडा नम्बर ४ का अगानु थारु र सोही वडाकै गोबिन्द थारु रहेका छन् । पक्राउ परेका जुवाडेहरुलाई छोडने दवाव आइरहेको बताइएको छ। ईलाका प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायब निरीक्षकलाई सम्पर्क गर्दा उनले फोनमा खासै चित्तबुझ्दो जवाफ दिएनन्।

यता जुवाखालबाट पक्राउ परेकाहरुको बारेमा बुझ्दा जिल्ला प्रहरी बर्दियाका एसपीले फोन उठाएनन। जुवाडेहरुलाई पक्राउ गरिएपनि जुवाखालबाट पैसा नभेटिएको प्रहरीले बताएको छ । स्थानियहरुले प्रहरीको कार्वाही नै शंकास्पद रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ