- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा। महिलाहरुलाई ब्युटीसियन पेशाबाट उद्यमशिलता बनाउने उदेश्यले स्याङ्जाको वालिङमा ब्युटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याईएको छ। सृष्टि हर्वल व्युटीसियन पार्लरले संचालनमा ल्याएको सुविधा सम्पन्न सहितको ट्रेनिङ् सेन्टरको वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले उद्घाटन गरेपछि संचालनमा ल्याइएको हो।
पछिल्लो समय ब्यूटीसियन व्यवसायी गर्ने महिलाहरुको संख्यामा बृद्धि भएपछि सृष्टि हर्वलले ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको प्रोपाईटर दुर्गा अर्याल थापाले बताईन्। ब्युटीसियन व्यवसायबाट महिलाहरुको आयआर्जनमा थप टेवा मिल्ने उदेश्यले ब्यूटीसियन ट्रेनिङ् सेन्टर संचालनमा ल्याएको थापाको भनाई छ।
उद्घाटन समारोहमा वालिङ नगरपालिकाका उपप्रमुख तिवारीले ट्रेनिङ् सेन्टरको उच्चतम प्रयोग गरी व्यवसायी बन्न महिलाहरुलाई आग्रह गरिन् । यो ट्रेनिङ् सेन्टरले महिलाहरुलाई व्यवसायी बनाउन महत्वपूर्ण भुमिका खेल्नेमा विस्वस्थ रहेको छु उपप्रमुख तिवारीले भनिन्,“महिलाहरु आत्मनिर्भर भए भने मात्रै देश र नगरले समृद्धि हासिल गर्छ ।” वालिङ नगरपालिकाको लागि यो ट्रेनिङ् सेन्टर एउटा महत्वपूर्ण पाटो बन्न सक्छ तिवारीले भनिन् । स्वास्थ्य सगै सुन्दरतामा पनि टेवा मिल्ने हुदा यो व्यवसाय आयआर्जनमा लागि निकै भरपर्दो मानिएको तिवारीको भनाई छ।
महिलाहरुलाई उद्यमशिल बनाउन स्थानीय सरकारले नीजि क्षेत्र सगँ साझेदारी गर्न सुझव दिदै वालिङ उद्योग वाणिज्य संघ महिला उद्यम विकास समितिका अध्यक्ष कविता भुषालले यस्ता ट्रेनिङ सेन्टरहरु संचालनमा आउनु राम्रो भउको बताईन् । महिलाहरु पनि आफ्नै खुट्टामा उभिन सक्छन् भन्ने उदाहरण हो अध्यक्ष भुषालले भनिन्,“विभिन्न पेशा ब्यवसायमा महिलाहरुलाई आत्मनिर्भर बनाउने तर्फ लाग्नु पर्छ ।” महिलाहरुलाई सिपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन वालिङ उद्योग वाणिज्य संघले ठुलो भुमिका खेल्दै आएको छ भुषालले भनिन्।
१८ बर्ष सम्म ब्युटीसियन व्यवसाय संचालन गर्दै आएकी थापाले १९ औं बर्षमा पार गरेको अबसरमा ट्रेनिङ सेन्टर संचालनमा ल्याएको हो । जिल्लाकै पहिलो र सुविधा सम्पन्न ब्यूटीसियन ट्रेनिङ् सेन्टर वालिङमा संचालनमा आएपछि सिक्नका लागि पोखरा जानुपर्ने बाध्यता हटेको बताइएको छ । उद्घाटन समारोहमा ब्यूटीसियन एसोसेशन स्याङ्जाका सचिव पमिला गुरुङ् र निवर्तमान उपाध्यक्ष तुलसी गुरुङ्ले संचालन र स्वागत गरेका थिए भने सृष्टि हर्बल ब्यूटीसियनका प्रोपाईटर दुर्गा थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।