arrow

विवाद मुक्त हुँदै नेपाली फुटबल; पुनरावेदनको मुद्दा फिर्ता लिन्छौं : कर्माछिरिङ

भित्रि तानबाना मिल्न बाँकी

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
karma-chiring-new.jpg.jpeg
काठमाडौं । सहज पुनःबहाली भएको छ । अब झगडा गर्ने कुरै भएन । पुनःबहालीपछि अखिल नेपाल फुटबल संघ एन्फा उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले हाम्राकुरासंग भने, ‘अब फुटबलको भविष्य छ, हामी गरेर देखाउँछौं ।’ विगत जस्तो ढिपी अब नहोला ।
 
वुधबार मात्रै एन्फाले उपाध्यक्षहरु कर्माछरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई (झापाली) तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई पुनःबहाली गर्दै पत्र थमाएको छ । दुई वर्ष अघि एन्फाभित्र विवाद चर्किएपछि शेर्पासहित चार जना बर्खास्त भएका थिए । 
 
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एन्फालाई पत्राचार गरेर वर्खास्त गरिएका एन्फाका तीन उपाध्यक्षसहित चार जनालाई जेठ १० गते (मे २३) भित्र पुनःवहाली गर्न भनेकामा समय अभावले ढिलो गरी पुनःबहाली भएको एन्फाले जनाएको छ । 
 
पदाधिकारी पुनःबहालीसंगै एन्फाको विवाद मिलेको संकेत आएपनि नेतृत्वविहिनताबारे भने अझै टुंगो लाग्ने वातावरण बन्न सकेको छैन । फिफा र एएफसीले पदाधिकारी पुनःबहालीपछि साधारण सभा गर्न समेत भनेको छ । साधारण सभाका लागि अनौपचारिक छलफल भएपनि औपचारिक छलफलको टुंगो लागेको छैन । 
 
कार्यसमिति बैठक बसेको छैन, एन्फा महासचिव धिरेन प्रधानले भने, ‘अहिले सम्म बैठक बस्ने टुंगो लागेको छैन ।’ प्रधानको भनाई अनुसार अझै एन्फाका भित्रि तानावाना मिलेका छैनन् । उनले अब के हुन्छ भन्नेबारे कर्माछिरिङहरुलाई नै सोध्न–भने । ‘यसबारे उहाँहरुनै जानकार हुनु हुन्छ ।’ कर्माछिरिङले समेत कार्यसमिति बैठक बस्ने टुंगो लागिनसकेको बताए । उनले भने, ‘कहिले बैठक बस्छ टुंगो लागेको छैन ।’ विधान अनुसार कार्यसमिति बैठक बोलाउन १४ दिन लाग्छ । 
 
मुद्दा फिर्ता लिन्छौं 
असन्तुष्ट कर्मा छिरिङ समूहले एन्फा अध्यक्ष गणेश थापाको एकलौटीविरुद्ध पुनरावेदन अदालतमा दर्ता गरेको मुद्दा विचाराधिन छ । अब आगामी साधारण सभाको टुंगो लाग्नु अघि नै मुद्दा फिर्ता लिनु पर्ने हुन्छ । शेर्पाले समेत आफुहरुले मुद्दा फिर्ता लिने बताए । उनले भने, ‘हामीले अध्यक्षले एकलौटी साधारण सभा गर्न खोज्दा हामीलाई पनि सहभागि गराईपाउँ भनि मुद्दा दर्ता गरेका हौं, अब त्यसको औचित्य समाप्त भइसक्यो, सहज ढंगबाट पुनःबहाली भइसकेपछि मुद्दाको अर्थ छैन ।’
 
यद्यपि, मुद्दा कहिले फिर्ता लिने भन्नेबारे उनले केही भनेनन् । असन्तुष्ट सो समूहले एन्फा नेतृत्वको कार्यशैलीको विरोध गर्दै आएको थियो । केही दिन अघि मात्रै कर्मा छिरिङले फिफा र एएफसीको निर्णयको स्वागत गर्दै एन्फामा सामूहिक नेतृत्व आवश्यक रहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ