arrow

अमेरिकामा एक नेपालीमाथि फिल्मी शैलीमा आक्रमण

logo
सतीश चापागाईं,  
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
tirtha-sewa.jpg

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक जना नेपाली तीर्थ सेवालाई अज्ञात समूहले सांघातिक हमला गरेर गम्भीर घाइते बनाएको छ । तीर्थको तीन दिनपछि होस खुलेको छ । उनको अहिले अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले उनको अवस्थामा सुधार हुँदै गएको जानकारी दिएको आफन्तले  बताएका छन् ।

तीर्थ सेवालाई फिल्मी शैलीमा आक्रमण गरिएको उनीसंगै रहेका साथी बंगाली साथीले बताएका छन् । गत बिहीबार अर्थात् नोभेम्बर ५ को बेलुका करिब ७ः१५ बजे तीर्थ र उनका साथी सधै झैँ काम सकेर पैदल घर फर्कदै थिए । कामबाट घरको दूरी पैदल हिँड्दा ५ मिनेटको मात्र छ ।

तीर्थका बंगाली साथीले त्यो साँझ सम्झदै भन्छन्, ‘हिड्दै गर्दा अचानक दुइटा गाडी नजिकै आएर रोकिए । हामीहरुले वास्ता गरेनौं । अगाडी बढ्यौं। फेरि अर्को गाडी नजिकै आयो र एक जना मान्छे बाहिर निस्कियो। त्यहीकै बासिन्दा होला भनेर उसलाई हेरेनौं। उसले अचानक गोजीबाट केही कुरा निकाल्यो र एक्कासी तीर्थको टाउकोमा प्रहार गर्यो। दुई तीनपटक हान्ने बित्तिकै तीर्थ सेवा बाटोमै ढले म भागें।’

भागेर अलि पर पुगेर आफुले हेरिरहेको तर केही गर्न नसकेको उक्त बंगाली ब्यक्तिले तीर्थका आफन्तलाई बताएका छन् । आक्रमण गर्ने व्यक्ति नजिकै रोकिरहेको गाडीमा चढेर भागेपछि त्यही बंगाली साथीले प्रहरीलाई बोलाएको बताइएको छ। 

‘तीर्थ भएको ठाउँमा पुग्दा अलिअलि होसमा रहेको र ढलेर सडक पेटीमा छट्पटाइरहेका थिए । रगत बगिरहेको थियो। मैले प्रहरीलाई फोन गरेँ ।’ ती व्यक्तिले आफन्तहरुलाई बताए ।

५–७ मिनेटपछि प्रहरी र एम्बुलेन्स अगाडि यो र तीर्थलाई अस्पताल लग्यो। अस्पतालमा तीर्थको टाउकोको शल्यक्रिया गरियो। ‘शुरूमा त यस्तो घाइते कसरी बाँच्छ होला र भन्ने लागेको थियो तर होस् खुलेर बोल्न पनि सक्ने भएपछि हामी अचम्म परेका छौं।’ पहिलो दिनदेखि नै देखेका एक आफन्त नेपाली दिलिप कुमारले बताए ।

अहिले तीर्थको अवस्था सुधारोन्मुख छ। सामान्य बोलचाल गर्न सक्ने तर निको भै पुरानै अबस्थामा फर्कन कति समय लाग्न केही भन्न नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

आक्रमणकारीले तीर्थको टाउकोमा धारिलो हतियारको प्रहार गरेको थियो । आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेकाले अस्पताल पुर्याउने बित्तिकै टाउकोको शल्यक्रिया गरिएको थियो ।

अस्पतालका अनुसार तुरुन्त शल्यक्रिया गरिएकोले अहिले तीर्थ सेवा खतरामुक्त रहेका छन् । तर अस्पताल ल्याइपुर्याउनु अगाडिनै धेरै रगत बगेकोले उनको दायाँ हात अझै चलेको छैन । टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ।

घटना मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टी अन्तर्गत टेम्पल हिल सिटी (शहर) मा भएको हो । उनी नजिकैको बिशाल बजार(मल) एक कपडा पसलमा काम गर्ने कर्मचारी हुन् । प्राप्त जानकारी अनुसार आक्रमण किन र कसले गर्यो भन्ने अझै खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

२०१५ देखि अमेरिका बस्दै आएका तीर्थ सेवाको परिवार नेपालमै छन् ।

सहयोगका लागि अपिल
अमेरिकामा सक्रिय संस्था नासोका उपाध्यक्ष तथा विभिन्न संघ संस्थामा कृयाशील सामाजिक व्यक्तित्व तीर्थ सेवालाई एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजीविले अस्पतालमै गएर भेटेका छन् ।

पन्तले तीर्थको लागि सहयोग आवश्यक पर्ने भन्दै नासोले शुरु गरेको ुगो फण्ड मीु एकाउन्टमा सकेको सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन् ।

‘यहाँका सबै नेपालीले चासो, चिन्ता र छिटो स्वास्थलाभको कामना गर्नु भएको छ र दुःख परेको बेला हामी दाइको साथमा छौ भन्ने म्यासेज मैले दिँदै गर्दा उहाँले आँखाभरि आँसु लिई भावुक हुनुभएको थियो । हामी सबै तपाईको साथमा छौँ र सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’ पन्तले भनेका छन् ।

यसैगरी उनलाई सहयोग गर्न एनआरएनए अमेरिकाजका संयोजक राजन त्रिपाठीले पनि सार्वजनिक आव्हान गरेका छन् । तीर्थ सेवा उपाध्यक्ष रहेको नासोले उनको सहयोगार्थ गो फण्ड मी एकाउन्ट खोलेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ